२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गायक राहत फतेह अली खानले नोकरलाई चप्पलले पिटेपछि…

२०८०, १४ माघ आईतवार ०६:१६

माघ १४, इस्लामावाद | पाकिस्तानी गायक राहत फतेह अली खानबारे सनसनीपूर्ण समाचार बाहिर छ । ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पल हानिरहेका देखिन्छन् ।

टेबलमा राखेको रक्सीको बोतल कहाँ गयो भनेर गायकले सोधिरहेको सुनिन्छ । यो भिडियो देखेपछि पाकिस्तानी सर्वसाधारणले गायकको व्यापक आलोचना गरिरहेका छन् ।


भिडियोमा गायकले नोकरको कपाल समातेका छन् । हातमा चप्पल समातेर टाउकोमा धमाधम हान्छन् । नोकर भागेर पर पुगे पनि उनले छाड्दैनन । रक्सीको बोतल कहाँ गयो भन्ने जवाफ नआएपछि उनले पुनः नोकरको कपाल भुत्लाएर पिट्न थाल्छन् । पिटाइ सहन नसकेर उनी ढल्छन् । त्यहि उभिएका अन्य व्यक्तिले उसलाई समातेर उठाइदिन्छन् । तर गायकले पिट्न छाड्दैनन् ।

सामाजिक सञ्जालमा यो भिडियो व्यापक शेयर हुन थालेपछि गायकले पिटाइ खाएकै नोकरसँग एउटा भिडियो शेयर गरेका छन् । त्यो भिडियोमा गायकले नोकरसँग माफी माग्दै उस्ताद र शिष्यको आपसी मामिला भएको बताएका छन् । पिटाई खाएका व्यक्ति (नोकर) ले पनि आफ्नो उस्तादलाई बदनाम गर्ने कोशिश गरिएको बताएका छन् ।

अघिल्लो भिडियो हेरेर भड्किएका मानिसहरु दोस्रो भिडियो देखेर झनै चिढिएका छन् । केहिले त झुठो बोलेर आफूहरुलाई पागल बनाउने कोशिश गरेको आरोप समेत गायक खानलाई लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी