३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गायक राहत फतेह अली खानले नोकरलाई चप्पलले पिटेपछि…

१४ माघ २०८०, आईतवार ०६:१६

माघ १४, इस्लामावाद | पाकिस्तानी गायक राहत फतेह अली खानबारे सनसनीपूर्ण समाचार बाहिर छ । ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पल हानिरहेका देखिन्छन् ।

टेबलमा राखेको रक्सीको बोतल कहाँ गयो भनेर गायकले सोधिरहेको सुनिन्छ । यो भिडियो देखेपछि पाकिस्तानी सर्वसाधारणले गायकको व्यापक आलोचना गरिरहेका छन् ।


भिडियोमा गायकले नोकरको कपाल समातेका छन् । हातमा चप्पल समातेर टाउकोमा धमाधम हान्छन् । नोकर भागेर पर पुगे पनि उनले छाड्दैनन । रक्सीको बोतल कहाँ गयो भन्ने जवाफ नआएपछि उनले पुनः नोकरको कपाल भुत्लाएर पिट्न थाल्छन् । पिटाइ सहन नसकेर उनी ढल्छन् । त्यहि उभिएका अन्य व्यक्तिले उसलाई समातेर उठाइदिन्छन् । तर गायकले पिट्न छाड्दैनन् ।

सामाजिक सञ्जालमा यो भिडियो व्यापक शेयर हुन थालेपछि गायकले पिटाइ खाएकै नोकरसँग एउटा भिडियो शेयर गरेका छन् । त्यो भिडियोमा गायकले नोकरसँग माफी माग्दै उस्ताद र शिष्यको आपसी मामिला भएको बताएका छन् । पिटाई खाएका व्यक्ति (नोकर) ले पनि आफ्नो उस्तादलाई बदनाम गर्ने कोशिश गरिएको बताएका छन् ।

अघिल्लो भिडियो हेरेर भड्किएका मानिसहरु दोस्रो भिडियो देखेर झनै चिढिएका छन् । केहिले त झुठो बोलेर आफूहरुलाई पागल बनाउने कोशिश गरेको आरोप समेत गायक खानलाई लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’