३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विमानको आकस्मिक ढोका खोलेर पङ्खामा हिड्ने एक यात्री पक्राउ

१५ माघ २०८०, सोमबार ०५:२५

माघ १५, मेक्सिको । मेक्सिकोमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एरोमेक्सिकोको एउटा विमानको आकस्मिक ढोका खोलेर ती यात्री विमानको पङ्खामाथि हिँडेको भन्दै प्रहरीले  समातेको हो । विमान मेक्सिको सहरबाट ग्वाटेमाला सहरतर्फ जान लागेको थियो ।

धावनमार्गमा समस्याका कारण विमानका यात्रीहरू एसी र पानीविहीन भएर बस्न  घण्टौँसम्म बाध्य भएका थिए । यस घटनामा कसैलाई पनि क्षति नभएको मेक्सिको अन्तर्राष्ट्रिय विमानस्थलले भनेको छ । ती पुरुषलाई भने प्रहरीले पक्राउ गरेको छ । यो घटना गएको बिहीबार बिहान ११ः३० बजेतिरको हो । एरोमेक्सिकोको उक्त विमान मेक्सिको सहरबाट ग्वाटेमालातर्फ जाँदै  थियो । धावनमार्गमा मर्मत सम्भारको काम भइरहँदा विमानको उडानमा ढिलाइ भइरहेको थियो ।

विमानका अन्य यात्रीहरूले भने आकस्मिक ढोका खोल्ने ती पुरुषको पक्षमा उभिएका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै सबै यात्रीहरूले ती पुरुषको समर्थन गरेका छन् । ती पुरुषले विमानभित्र सवार सबै बचाउन आकस्मिक झ्याल खोलेको बताएका छन् । उडानमा ढिलाइ भएको अनि विमानभित्र एसी नहुँदा यात्रीहरूलाई समस्या भएको पनि हस्तलिखित विज्ञप्तिमा भनिएको छ । आकस्मिक झ्याल खोलेर ती पुरुषले आफूहरूको ज्यान जोगाइदिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’