३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण

१६ माघ २०८०, मंगलवार ०३:४०

माघ १६, न्युयोर्क। पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ । एलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो ।

स‌सारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर नयाँ तहल्का मच्चाएको हो । जसका कारण टेस्ला र टविटरकाा मालिक एलन मस्क आफ्नो नयाँ कम्पनी न्यूरालिङ्कको साथ एकपटक फेरि चर्चामा आएका छन्। 

उनको स्टार्टअप  ‘न्यूराेलिङ्क’ ले पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको हो । एलोन मस्कले मंगलबार यो जानकारी दिएका  हुन  । उनले भनेका छन ‘न्यूरालिंक स्टार्टअपले आफ्नो पहिलो मानव बिरामीमा मस्तिष्क प्रत्यारोपण गरेको छ। पहिलो पटक मानवमा न्यूरालिंकबाट गरिएकाे चिप प्रत्यारोपणले सफलता प्राप्त गरेको छ । मस्कले ट्विटर गर्दै अगाडी लेखेका छन, ‘प्रारम्भिक परिणामहरू आशाजनक छन ।’ 

सन् २०१६ मा मस्कले सह स्थापना गरेको न्यूरो टेक्नोलोजी कम्पनीले मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्ने लक्ष्य राख्ने घोषणा गरेका थिए । न्यूरालिंकको टेक्नोलोजीले मुख्य रूपमा ‘लिंक’ नामक इम्प्लान्टमार्फत काम गर्नेछ । पाँच सिक्काको साइजको यन्त्र जसले शल्यक्रियामार्फत मानव मस्तिष्कमा राखिने छ र त्यसले काम गर्न सुरु गर्नेछ ।

कम्पनीले गत वर्ष जारी गरेको विज्ञप्तिमा मानिसमा मस्तिष्क प्रत्यारोपण परीक्षण गर्न अमेरिकी नियामकहरूबाट स्वीकृति प्राप्त गरेको जानकारी दिइएको थियो । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई मानवमा क्लिनिकल परीक्षणको लागि हरियो संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’