३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोरियाली ड्रामा हेरेको आरोपमा २ किशोरहरुलाई १२ वर्षको कठोर जेल सजाय

१७ माघ २०८०, बुधबार ०६:२९

माघ १६, काठमाडौँ | उत्तर कोरियाले दुई किशोरलाई १२ वर्षसम्मको कठोर मजदुरीसहितको जेल सजाय सुनाएको छ । दक्षिण कोरियाली ड्रामा हेरेको आरोपमा १६ वर्षीय किशोरलाई सो सजाय दिइएको हो । अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेको छ । बीबीसीले पाएको एउटा भिडियोमा खैरो पोसाक लगाएका २ किशोर मञ्चमा छन् । किशोरहरूले यो सजाय पाइरहँदा सयौँ मानिसहरू दर्शक बनेर हेरिरहेका छन् ।


सन् २०२० मा उत्तर कोरियाले दक्षिण कोरियाली मनोरञ्जनका साधन वितरण गरेको वा हेरेको पाइएमा मृत्यु दण्ड र जेल कारावाससहितको कठोर परिश्रमको सजाय दिइने कानुन लागू गरेको थियो । तर केही मानिसहरू अझै पनि आफ्नो ज्यान नै जोखिममा पारेर दक्षिण कोरियाका ड्रामा हेरिरहेका छन् । 

उत्तर कोरियामा अमेरिकी ड्रामा वा गीत सुन्नेहरूले पक्राउ परे भने सानो तिनो घुस दिएर पनि ज्यान जोगाउन सक्छन् । तर कोरियाली गीत संगित सुनेको वा के–ड्रामा हेरेको आरोपमा पक्राउ पर्नेहरूको सजाय निकै भयानक हुन्छ । दक्षिण कोरियाली गीत सुनेको अनि आफ्नो साथीलाई पनि गीत सुनाएको आरोप लागेका एक जना २२ वर्षीय युवकको गोली हानेर हत्या गरिएको थियो । उत्तर कोरियाले आफ्ना जनतालाई दक्षिण कोरियालीहरू उनीहरूको भन्दा पनि गए गुज्रेको जीवन बाँचिरहेका छन् भनेर पढाउने गरेका छन् । दक्षिण कोरियाली ड्रामामा विल्कुल फरक कुरा देख्न पाइन्छ । त्यसैले पनि उत्तर कोरियाली अधिकारीहरूले दक्षिणको ड्रामा प्रति सशङ्कित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’