२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कोरियाली ड्रामा हेरेको आरोपमा २ किशोरहरुलाई १२ वर्षको कठोर जेल सजाय

२०८०, १७ माघ बुधबार ०६:२९

माघ १६, काठमाडौँ | उत्तर कोरियाले दुई किशोरलाई १२ वर्षसम्मको कठोर मजदुरीसहितको जेल सजाय सुनाएको छ । दक्षिण कोरियाली ड्रामा हेरेको आरोपमा १६ वर्षीय किशोरलाई सो सजाय दिइएको हो । अहिले सामाजिक सञ्जालमा यो भिडियो भाइरल बनेको छ । बीबीसीले पाएको एउटा भिडियोमा खैरो पोसाक लगाएका २ किशोर मञ्चमा छन् । किशोरहरूले यो सजाय पाइरहँदा सयौँ मानिसहरू दर्शक बनेर हेरिरहेका छन् ।


सन् २०२० मा उत्तर कोरियाले दक्षिण कोरियाली मनोरञ्जनका साधन वितरण गरेको वा हेरेको पाइएमा मृत्यु दण्ड र जेल कारावाससहितको कठोर परिश्रमको सजाय दिइने कानुन लागू गरेको थियो । तर केही मानिसहरू अझै पनि आफ्नो ज्यान नै जोखिममा पारेर दक्षिण कोरियाका ड्रामा हेरिरहेका छन् । 

उत्तर कोरियामा अमेरिकी ड्रामा वा गीत सुन्नेहरूले पक्राउ परे भने सानो तिनो घुस दिएर पनि ज्यान जोगाउन सक्छन् । तर कोरियाली गीत संगित सुनेको वा के–ड्रामा हेरेको आरोपमा पक्राउ पर्नेहरूको सजाय निकै भयानक हुन्छ । दक्षिण कोरियाली गीत सुनेको अनि आफ्नो साथीलाई पनि गीत सुनाएको आरोप लागेका एक जना २२ वर्षीय युवकको गोली हानेर हत्या गरिएको थियो । उत्तर कोरियाले आफ्ना जनतालाई दक्षिण कोरियालीहरू उनीहरूको भन्दा पनि गए गुज्रेको जीवन बाँचिरहेका छन् भनेर पढाउने गरेका छन् । दक्षिण कोरियाली ड्रामामा विल्कुल फरक कुरा देख्न पाइन्छ । त्यसैले पनि उत्तर कोरियाली अधिकारीहरूले दक्षिणको ड्रामा प्रति सशङ्कित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी