९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब नेदरल्याण्डकी २७ बर्षिया युवतीले ‘इच्छामृत्यु’ रोजिन, पुरै देश भयो भावुक

१९ माघ २०८०, शुक्रबार ०३:२९

माघ १९, नेदरल्याण्ड | नेदरल्याण्डकी २८ वर्षीया लरेन होभले इच्छामृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन ।

यद्यपि, उनको मृत्यु हुनु अघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन्। उनी लामो समयदेखि गम्भीर रोगसँग लड्दै थिइन् । यो रोगको नाम मायलजिक एन्सेफेलोमाइलाइटिस हो। यसलाई क्रोनिक थकान सिन्ड्रोम पनि भनिन्छ। लरेनलाई सन् २०१९ मा उनको गम्भीर रोगको बारेमा थाहा भयो।

मायलजिक एन्सेफेलोमाइलाइटिस के हो ?

मायलजिक एन्सेफेलोमाइलाइटिस वा क्रोनिक थकान सिन्ड्रोम हो, जुन रोग लागे पछि रोगी सधैं थकान महसुस गर्छ। अवस्था यस्तो हुन्छ कि उसले आफ्नो दैनिक काम पनि पूरा गर्न सक्दैन। बिरामीलाई सधैं ओछ्यानमा सुतेको महसुस हुन्छ। लगातार आराम गर्दा पनि बिरामीले थकानबाट मुक्ति पाउँदैन ।

लरेनले २७ जनवरीमा इच्छामृत्यु रोजिन 

लरेनले अन्ततः जनवरी २७ जनवरी २०२४ मा आफ्नो शरीर छाडेकी थिइन ।  उनले आफ्नो परिवार र आफ्ना असल साथीहरूको उपस्थितिमा अन्तिम सास लिएकी थिइन । उनको मृत्यु अघि २७ जनवरीको दिन लगभग ३ः४३  बजे लरेनले एक अनुभव साझा गरेर बिदा भएकी थिइन ।

उनले लेखेकी छन्,  ‘यो मेरो जीवनको अन्तिम ट्विट हुनेछ । माया दिनु भएकोमा सबैलाई धन्यवाद। म अलि बढी आराम गरेर आफ्ना प्रियजनहरूसँग बस्न जाँदैछु। मबाट अन्तिम मेमको मजा लिनुहोस्।’

सन २०२३ मा उपचारको क्रममा लरेनले यस रोगको गम्भीरताको बारेमा आरटिएल समाचारसँग विशेष कुराकानी गरेकी थिइन्। उनले भनेका थिइन,  ‘मलाई लागेको थकानलाई स्वस्थ मानिसको थकानसँग तुलना गर्न सकिँदैन । यो निद्रा र आराम भन्दा कम छैन। कहिले काँही यति बढ्छ कि नजिकै राखेको पानीको गिलास पनि उठाउन सक्दिन ।

इच्छामृत्युबारे के भनिन् लरेनले ? 

लरेनले अन्ततः किन इच्छामृत्युलाई अँगालेकी थिइन् भन्ने कुरा पनि बताइन्। उनले भनिन,  ‘मेरो रोग दिनप्रतिदिन बढ्दै गएको छ । मलाई थाहा छ त्यहाँ केहि बिरामीहरू छन्, जसको अवस्था मेरो भन्दा खराब छ। उनीहरु एक्लै आफ्नो विचारसँग लडिरहेका छन् । म यो पीडा मेरो लागि चाहन्न। मलाई यो रोग पहिले नै असहनीय लाग्यो। मेरो लागि इच्छामृत्यु भनेको म आफ्नै लागि दया मागेको जस्तो हो। म आफूलाई त्यो शान्ति दिन चाहन्छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी