३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इमरान खान र पत्नीलाइ ७ वर्षको जेल सजाय, अदालतद्दारा विवाह गैर इस्लामिक घोषित

२१ माघ २०८०, आईतवार ०३:१२

माघ २१, इस्लामबाद | पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ । 

गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो । 

इमरान खानकी पहिलाे श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेका थिइन । इमरानकी पूर्व पत्नी मनेकाले पनि उनीमाथि विवाह अघि एक्स्ट्रा वैवाहिक सम्बन्ध रहेको आरोप लगाएकी थिइन् । 

ट्रायल कोर्टले रावलपिंडीको अदियाला जेलमा १४ घण्टाको सुनुवाइपछि शुक्रबार राती सुनुवाइ पूरा गर्‍यो, जहाँ इमरान खान सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन्।

पाकिस्तानी समाचार संस्थाका अनुसार  शुक्रबार अदालतले थप साक्षीहरू पेश गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो। यस बाहेक बेलको याचिका पनि अदालतले खारेज गरेको थियो । गत बिहीबारको सुनुवाईका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक अर्काविरुद्ध आरोप लगाएका थिए।

कुनै समयमा उनी आफ्नो बयान प्रमाणित गर्न पवित्र कुरानमा शपथ लिन तयार थिए तर न्यायाधीशले उनलाई यसो गर्दा उनले बहस गर्ने अधिकार गुमाउने बताएपछि उनी रोकिएकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

मेनकाले अदालतमा इमरान खानले आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै छोरीले पनि सम्बन्ध विच्छेदको सामना गर्नुपरेकाे बताएकी छन् । यस विषयमा बुशराबीबीले भनिन्, ‘मलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, म झुक्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’