३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मार्क जुकरबर्गको दैनिक आम्दानी साढे ३० अर्ब

२१ माघ २०८०, आईतवार ०७:०६

माघ २१, काठमाडौँ | फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप लगायतका सोसल मिडिया प्लाटर्फमको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति गत वर्ष सन् २०२३ मा ८४ अर्ब डलर अर्थात् एक सय ११ खर्ब रुपैयाँले बढेको छ ।

फोर्ब्सको रियल टाइम अर्बपतिको सूचिमा जुकरबर्ग हाल विश्वका पाँचौं सर्वाधिक धनी व्यक्ति हुन् र उनको कूल सम्पत्ति १ खर्ब ३९ अर्ब १० करोड डलर छ ।

बिजनेस इनसाइडरका अनुसार गतवर्ष बढेको ८४ अर्ब डलर सम्पत्तिको यदि घण्टाका आधारमा हिसाब गर्ने हो भने सन् २०२३ मा जुकरबर्गले हरेक घण्टा ९६ लाख डलर अर्थात् १ अर्ब २७ करोड रुपैयाँभन्दा धेरै कमाएका छन् । जस अनुसार उनको आम्दानी दैनिक २३ करोड ६ लाख डलर अर्थात् साडे ३० अर्ब रुपैयाँ छ ।


जबकि अमेरिकी परिवारहरुको औसत कुल सम्पत्ति नै १० लाख ६० हजार डलर रहेको छ ।

सन् २०२१ मा फेसबुकको ब्राण्ड परिवर्तन गरी मेटा बनाएका जुकरबर्गको उक्त कदमलाई मेटाभर्स तर्फको रणनीतिक कदम मानिएको थियो ।

यो परिवर्तन केवल नाममात्रको परिवर्तन नभई कम्पनीको प्राथमिकतामा भएको परिवर्तन हो जसमा मेटाले अग्मेन्टेड रियालिटी तथा भर्चुअल रियालिटीमा ध्यान केन्द्रित गरेको छ ।

अर्थात् उक्त रिब्रान्डिंगले फेसबुकलाई केवल एउटा सोसल मिडिया प्लाटर्फमको रुपमा मात्र सीमित नराखी यसलाई अन्तरआबद्ध डिजिटल संसारको सिर्जनातर्फ प्रवेश गरेको रुपमा बुझिएको छ ।

विभिन्न चुनौतीहरुका बाबजुत सन् २०२३ मा मेटा कम्पनीको शेयर मूल्यमा पुनः वृद्धि भई झण्डै कीर्तिमानी विन्दुमा पुग्यो ।

कम्पनीको शेयर मूल्यमा भएको वृद्धिकै कारण जुकरबर्गको कूल सम्पत्तिमा उल्लेख्य बढोत्तरी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’