२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दाँत झिक्दा २३ वर्षीय युवकको मृत्यु

२०८०, २१ माघ आईतवार ०९:०५

एजेन्सी। चीनमा एक २३ वर्षीय युवकको दाँत निकालेकै कारण मृत्यु भएको छ । यो उमेरमा दाँत निकाल्दा खासै समस्या नहुनु पर्ने हो । तर दाँत झिकेकै कारण एक युवकले आफ्नो ज्यान गुमाएपछि यो घटना देशभरमा चर्चाको विषय बनेको छ । 

घटना हुनान प्रान्तको हो । वाङ्ग नाम गरेका ती युवक दाँतको उपचारका लागि शेन्झेन सहरको कुइयोङ पिपुल्स हस्पिटल गएका थिए ।


दाँतको चेकजाँचपछि डेन्टिष्टले दुई ओटा दाँत झिक्नु पर्ने बताए । वाङ्ग पनि दाँत झिक्न तयार भए । यस क्रममा उनको केही एक्स–रे गराइयो । दाँत झिक्ने काम सकिएपछि कुर्सीबाट उठ्ने बित्तिकै उनी बेहोस भएर भुँइमा ढले । तत्कालै उनलाई अस्पतालको  आकस्मिक कक्षमा लगियो । उनको खप्परभित्र रक्तश्राव भयो । तत्कालै बिरामीको खप्परको जटिल शल्यक्रिया गरियो । तर यो शल्यक्रियपछि उनी कोमामा गए । मल्टिपल अर्गन फेलियरका कारण १४ दिनपछि उनको मृत्यु भयो ।

वाङ्गको मृत्युपछि उनको परिवारले अस्पतालमाथि मुद्दा हालेको छ । अस्पतालका कर्मचारीको लापरबाहीका कारण वाङ्गको मृत्यु भएको परिवारको दाबी छ । तर आफ्नो डेन्टिष्टले कुनै पनि प्रोटोकल र उपचारसम्बन्धी नियमनहरुको उल्लंघन नगरेको अडानमा अस्पताल गरिरहेको छ । 

वाङ्गको परिवारले १८ लाख युआन क्षतिपूर्ति मागिरहेको छ । अस्पतालले भने ६ लाख युआन मात्रै दिने बताएको छ । अन्तिम संस्कार गर्‍यो भने प्राण नष्ट होला भन्ने पीरमा परिवारले गएको पाँच महिनादेखि वाङ्गको शवलाई मृतक घरमा राखेको छ । दाँत झिक्दा वाङ्गको मृत्यु कसरी भयो भनेर छानबिन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी