३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु

२२ माघ २०८०, सोमबार ०३:२८

माघ २२, तेल अहिव | इजरायल र हमास बीचको लडाइ अझै जारी छ ।जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ । 

इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ ।  साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ । 

टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो ।

उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ । 

शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन । 

हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’