२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार

२०८०, २३ माघ मंगलवार ०६:२२

माघ २३, काठमाडौँ | बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ। क्यान्सरको प्रकारबारे खुलाइएको छैन। 

प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ। 


क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ।

बकिङ्घम राजदरबारका प्रवक्ताले सोमबार एक वक्तव्य जारी गर्दै राजाको नियमित उपचारको तालिका सुरु गरिएको बताएका छन्। साथै डाक्टरहरुले यस अवधिमा उनलाई सार्वजनिक रुपमा वहन गर्नुपर्ने जिम्मेवारीहरु स्थगित गर्न भनेका छन्। 

राजदरबारका प्रवक्ताले राजा चार्ल्स आफ्नो उपचारका विषयमा ‘पूर्ण रुपमा सकारात्मक’ रहेको बताएका छन्। साथै उनले छिटोभन्दा छिटो आफ्नो राजकीय कामकाज पुन: सुरु गर्ने प्रवक्ताले उल्लेख गरेका छन्। 

‘अहिले उहाँ केही समयका लागि राजकीय कामकाजबाट अलग हुनुभएको छ। उहाँको ठाउँमा राज परिवारका वरिष्ठ सदस्यले ती दायित्व निर्वाह गर्नुहुनेछ,’ राजदरबारका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ। 

७५ वर्षीया राजा अस्पतालमा भने भर्ना भएका छैनन्। ‘आउटडोर प्यासेन्ट’का रुपमा उनको उपचार चलिरहेको छ।

उनको बिमारीको अवस्था र उनी ठिक हुन लाग्ने समयबारे यकिन जानकारी सार्वजनिक भएको छैन। यद्यपि उपचारका क्रममा पनि उनी केही राजकीय काममा भने सरिक हुनेछन्। यसक्रममा उनले विभिन्न दस्तावेजहरुमा हस्ताक्षर गर्ने र राजदरबार भित्रै निजी बैठकहरुमा सहभागिता जनाउनेछन्।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी