३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

८७९ दिन अन्तरिक्षमा बसेर विश्व कीर्तिमान

२३ माघ २०८०, मंगलवार ०९:३७

माघ २३, मस्को । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले नयाँ विश्व रेकर्ड बनाएका छन् । जम्माजम्मी ८७९ दिन अर्थात् झन्डै अढाई वर्षसम्म अन्तरिक्षमा बसेर कोनोनेन्कोले अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने व्यक्तिको विश्व रेकर्ड तोडेका हुन् । 

उनी लगातार अढाई वर्षसम्म अन्तरिक्षमा बसेका भने होइनन् । चार पटक गरेर उनले यो समय बिताएका हुन् । योसँगै उनले रुसकै जेनेडी पडाल्काको रेकर्ड तोडेका छन् । जेनेडी जम्माजम्मी ८७८ दिन ११ घन्टा ३० मिनेट अन्तरिक्षमा बसेका थिए । 


कोनोनेन्को फेरि पनि अन्तरिक्षमा जाँदैछन् । उनी सन् २०२४ को जुन ५ मा स्पेश स्टेशनमा जाँदैछन् । यो उनको पाँचौं अन्तरिक्ष यात्रा हुनेछ । उनको यो यात्रा सन् २०२४ को सेप्टेम्बर २३ मा सकिनेछ । यो यात्रा पूरा भएपछि भने कोनोनेन्कोले १ हजार दिन (१११०) अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीको रेकर्ड बनाउने छन् ।

यो जानकारी रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले टेलिग्राममा पोष्ट गरेको थियो । अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरिक्ष यात्रीको सूचीको शीर्ष  ८ स्थानभित्र रुसी अन्तरिक्ष यात्री छन् । नवौँ स्थानमा नासाका पेगी व्हिटसन छन् । उनले अन्तरिक्षमा ६७५ दिन बिताएका छन् । अमेरिकी अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले भने लगातार ३७१ दिन इन्टरनेशनल स्पेश स्टेशनमा बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’