२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

८७९ दिन अन्तरिक्षमा बसेर विश्व कीर्तिमान

२०८०, २३ माघ मंगलवार ०९:३७

माघ २३, मस्को । रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले नयाँ विश्व रेकर्ड बनाएका छन् । जम्माजम्मी ८७९ दिन अर्थात् झन्डै अढाई वर्षसम्म अन्तरिक्षमा बसेर कोनोनेन्कोले अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने व्यक्तिको विश्व रेकर्ड तोडेका हुन् । 

उनी लगातार अढाई वर्षसम्म अन्तरिक्षमा बसेका भने होइनन् । चार पटक गरेर उनले यो समय बिताएका हुन् । योसँगै उनले रुसकै जेनेडी पडाल्काको रेकर्ड तोडेका छन् । जेनेडी जम्माजम्मी ८७८ दिन ११ घन्टा ३० मिनेट अन्तरिक्षमा बसेका थिए । 


कोनोनेन्को फेरि पनि अन्तरिक्षमा जाँदैछन् । उनी सन् २०२४ को जुन ५ मा स्पेश स्टेशनमा जाँदैछन् । यो उनको पाँचौं अन्तरिक्ष यात्रा हुनेछ । उनको यो यात्रा सन् २०२४ को सेप्टेम्बर २३ मा सकिनेछ । यो यात्रा पूरा भएपछि भने कोनोनेन्कोले १ हजार दिन (१११०) अन्तरिक्षमा बिताउने अन्तरिक्षयात्रीको रेकर्ड बनाउने छन् ।

यो जानकारी रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले टेलिग्राममा पोष्ट गरेको थियो । अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरिक्ष यात्रीको सूचीको शीर्ष  ८ स्थानभित्र रुसी अन्तरिक्ष यात्री छन् । नवौँ स्थानमा नासाका पेगी व्हिटसन छन् । उनले अन्तरिक्षमा ६७५ दिन बिताएका छन् । अमेरिकी अन्तरिक्ष यात्री फ्र्याङ्क रुबियोले भने लगातार ३७१ दिन इन्टरनेशनल स्पेश स्टेशनमा बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी