१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कपाल काटेको चित्त नबुझेपछि रिसाएका ग्राहकले हजामकै कपाल खौरिदिएपछि…(भिडियो)

२४ माघ २०८०, बुधबार ०७:१६

माघ २४, बैंकक । थाइल्यान्डको पट्टायामा बिदा मनाउन आएका एक रुसी पर्यटकले स्थानीय हजामको कपाल खौरिदिएका छन् । हजामले आफ्नो टाउकोमा काटेको कपाल चित्त नबुझेपछि ती पुरुषले रिसको झोकमा हजामकै कपाल खौरिदिएका हुन् ।


गएका एक हप्ता अनलाइनमा यो भिडियो निकै भाइरल भइरहेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ती पुरुष हजामकहाँ गएर आफ्नो कपाललाई कस्तो बनाउने भनेर विस्तारमा बताए । उनलाई राम्रोसँग अङ्ग्रेजी बोल्न आउँदैनथ्यो । त्यसैले हातको इशाराले भनिरहेका थिए । कपाल काटिरहँदा एक पटक उनले ऐनामा आफूलाई हरेर । अनि बिग्रिएको कपाल हेरेर क्रुद्ध भए । टेबलमा मुड्की बजार्दै हजामलाई गाली गर्न थाले ।

निधारतिरको कपाल आफूले भनेको जस्तो नपाएपछि मुख छाड्दै हजामलाई गाली गर्न थाले । यतिले पनि रिस मरेन । ती पुरुषले हजामको निधारपट्टीको कपाल खौरिदिए अनि कपाल काटेको पैसा नै नतिरी सैलुनबाट बाहिरिए । यो दृश्यले सैलुनका कर्मचारी र अन्य ग्राहकहरू ट्वाल्ल भए । ती हजामले टाउको पूरै खुइलाउनु पर्‍यो । आफूमाथि दूरव्यवहार गर्ने ती रुसी पर्यटकविरुद्ध उनले प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल