३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

८७८ दिन १२ घण्टा अन्तरिक्षमा बसेर नयाँ कीर्तिमान

२५ माघ २०८०, बिहीबार ०३:२२

माघ २५, मस्को | रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस हालैका केही अन्तरिक्ष अभियानहरूमा असफल भएको छ तर आज पनि यो यस क्षेत्रमा ठूलो खेलाडी हो भन्ने पुनः पुष्टी भएको छ । 

रूसको रोस्कोसमोस अन्तरिक्ष यात्रीले अन्तरिक्षमा सबैभन्दा लामो समय बसेर नयाँ कीर्तिमान बनाएका छन् र आफ्ना एक सहकर्मीको अघिल्लो रेकर्ड तोडेका छन्। जानकारीका अनुसार रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्को सबैभन्दा लामो समय अन्तरिक्षमा बस्ने यात्रु बनेका छन् ।

यसअघि ५९ वर्षीय ओलेगले ८७८ दिन १२ घण्टाभन्दा बढी अन्तरिक्षमा बिताएर यो रेकर्ड कायम गरेका हुन । उनका सहकर्मी गेन्नाडी पडल्काले सन् २०१५ मा ८७८ दिन ११ घण्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरिक्षमा बसेर कीर्तिमान बनाएका थिए, जुन अहिले तोडिएको छ ।

तर, ओलेग कोनोनेन्कोले यो कीर्तिमान आफ्नो एक अन्तरिक्ष यात्रामा नभई सन् २००८ देखि ५ वटा अन्तरिक्ष यात्रामा बनाएका हुन । यो उल्लेखनीय छ कि रसिया र अमेरिका लगायत अन्य देशका अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट ४०० किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा रहन जाने गर्छन् र त्यहीँ बसेर अन्तरिक्ष अभियान पूरा गर्छन्।

पेशाले इन्जिनियर ओलेगले रुसको सरकारी समाचार एजेन्सी तासलाई भने कि आइएसएसको निरन्तर स्तरोन्नतिको कारणले आइएसएसको प्रत्येक यात्रा सावधानीपूर्वक तयारी आवश्यक छ। उनले आफूलाई अन्तरिक्षमा उड्न मन लागेको बताए । कीर्तिमान बनाउने उद्देश्यले उनी त्यहाँ गएका भने होइनन । ओलेगले भने कि उनी बाल्यकालदेखि नै अन्तरिक्ष यात्री बन्न चाहन्थे।

ओलेग कोनेनेंको पछिल्लो यात्रा १५ सेप्टेम्बर २०२३ मा उडान भरेका छन । नासाका अन्तरिक्ष यात्री लोरल ओहारा र उनका सहकर्मी निकोलाई चुबसँग उडान भरेका हुन । अब उनी फर्किएपछि अन्तरिक्षमा १ हजार दिन पूरा गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’