२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

२०८०, २५ माघ बिहीबार ०३:३४

माघ २५, इस्लामबाद | पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । 

बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।

पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ । पाकिस्तानले भर्खरै आतंकवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको िनर्वाचनका लागि खटाइएको छ ।

पहिलो विष्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ । 

जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’

उनका अनुसार १४ शव र २३ घाइतेलाई तहसील सदरमुकाम अस्पताल लगिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा हबिब काकरले चार जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको बताए।

उक्त क्षेत्रमा पार्किङ गरी राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थ राखिएको डिसी मण्डोखाइलले बताए । प्रहरी, बम डिस्पोजल टोली र अन्य कानून प्रवर्तन एजेन्सीहरूले तुरुन्तै क्षेत्रलाई घेरा हालेर प्रमाण सङ्कलन गर्न थालेका थिए ।

दोस्रो विष्फोट केही समयपछि किला सैफुल्लाहमा भएको बताइएको छ । जमियत उलेमा ए इस्लाम फजलको निर्वाचन कार्यालय बाहिर भएको उक्त घटनामा १२ जनाको ज्यान गएको र २० जना घाइते भएको उपायुक्त यासिर बजाइले बताए।

बाजाईले पछि मृत्यु हुनेको संख्या १० मा परिमार्जन गरेका छन, उनका अनुसार गम्भीर व्यक्तिहरूलाई हेलिकप्टर मार्फत क्वेटा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी