३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा निर्वाचन अघिल्लो दिन आतंकबादी हमला, २८ को मृत्यु

२५ माघ २०८०, बिहीबार ०३:३४

माघ २५, इस्लामबाद | पाकिस्तानमा आम निर्वाचन अघि भएको बिष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । 

बलुचिस्तानको पिसिन र किला सैफुल्लाहमा बुधबार भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको तथा ४० जना भन्दा बढी घाइते भएका हुन ।

पाकिस्तानमा आमनिर्वाचन हुन लागेको एक दिन अगाडि यो घटना भएको हो । पाकिस्तानमा आज आम निर्वाचन हुदैँछ । पाकिस्तानले भर्खरै आतंकवादमा वृद्धि भएको देखेको छ, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा सुरक्षा चिन्ताहरू बढाउँदै ६ लाख ५० हजार भन्दा बढी सुरक्षाकर्मी आजको िनर्वाचनका लागि खटाइएको छ ।

पहिलो विष्फोट क्वेटाबाट एक घण्टाको दूरीमा रहेको पिसिनको खानोजई युनियन काउन्सिलमा हिजो दिउँसो केही बेरमा भएको डान न्युजले जनाएको छ । 

जिल्लाका उपायुक्त जुम्मादाद मन्डोखाइलले डन डट कमलाई भनेका छन कि, ‘पिसिन– १ बाट निर्वाचनमा उम्मेदवार रहेका स्वतन्त्र उम्मेदवार अस्फन्द्यार कक्कडको निर्वाचन कार्यालय बाहिर उक्त घटना भएको हो ।’

उनका अनुसार १४ शव र २३ घाइतेलाई तहसील सदरमुकाम अस्पताल लगिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा हबिब काकरले चार जना घाइतेको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको बताए।

उक्त क्षेत्रमा पार्किङ गरी राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थ राखिएको डिसी मण्डोखाइलले बताए । प्रहरी, बम डिस्पोजल टोली र अन्य कानून प्रवर्तन एजेन्सीहरूले तुरुन्तै क्षेत्रलाई घेरा हालेर प्रमाण सङ्कलन गर्न थालेका थिए ।

दोस्रो विष्फोट केही समयपछि किला सैफुल्लाहमा भएको बताइएको छ । जमियत उलेमा ए इस्लाम फजलको निर्वाचन कार्यालय बाहिर भएको उक्त घटनामा १२ जनाको ज्यान गएको र २० जना घाइते भएको उपायुक्त यासिर बजाइले बताए।

बाजाईले पछि मृत्यु हुनेको संख्या १० मा परिमार्जन गरेका छन, उनका अनुसार गम्भीर व्यक्तिहरूलाई हेलिकप्टर मार्फत क्वेटा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’