१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

लुफथान्साको जहाजमै ह्वालह्वाली रगत बगेर एक यात्रुको मृत्यु

२९ माघ २०८०, सोमबार ०६:४९

एजेन्सी | लुफथान्साको जहाजमा ह्वालह्वाली रगत बगेर ६३ वर्षीय वृद्धको मृत्यु भएको छ।

बिहीबार आफ्नी श्रीमतीसँग थाइल्यान्डको बैंककबाट जर्मनीस्थित म्युनिख जाँदै गरेका उनको अत्यधिक रक्तश्रावका कारण  मृत्यु भएको बिजनेश इन्साइडरले जनाएको छ।

स्वीट्जरल्याण्डका नर्सिङ विशेषज्ञहरू मार्टिन र करिन मिसफेल्डर पनि उनीहरू बसेकै पंक्तिमा बसेका थिए। मिसफेल्डरका अनुसार जहाज चढ्नेबेलामै वृद्ध अस्वस्थ देखिएका थिए। 


‘उनलाई पसिना आइरहेको थियो र उनले छिटोछिटो स्वास फेरिरहेका थिए,’ उनले भनिन्। 

वृद्धकी श्रीमतीले हतारमा दौडिएर फ्लाइटमा पुगेको हुँदा त्यस्तो भएको बताएकी थिइन्। चालकदल सदस्यहरूले उनलाई फ्लाइटमा राख्न हिचकिचाए पनि पछि फ्लाइटमा राखिएको थियो। 

तर जहाज उडिसक्दा पनि वृद्धको स्वास्थ्यमा सुधार नभएपछि करिन मिसफेल्डरले चालक दललाई फ्लाइटमा कोही डाक्टर भए/नभएको बुझ्न अनुरोध गरेकी थिइन्। 

क्याप्टेन आफैंले आएर ती वृद्धसँग कुराकानी गरेपछि लाउडस्पिकरमा आह्वान गरी डाक्टर बोलाइएको थियो। 

अन्दाजी ३० वर्षीय पोल्यान्डका डाक्टर उक्त फ्लाइटमा उपस्थित थिए। डाक्टरले वृद्धको उपचार गरेको केहीबेरमै स्थिति झन् खराब हुँदै गएको मिसफेल्डरले बताएकी छन्। 

‘उनीहरूले चिया दिएका थिए, तर श्रीमतीले बोकेको झोलामा उनले रगत छाडे,’ उनले भनिन्। त्यसपछि उनको नाक र मुखबाट ह्वालह्वाली रगत बग्न थालेको थियो। 

उक्त घटनापछि जहाजमा कोलाहल मच्चिएको थियो। अधिक रक्तश्राव भएपछि केहीबेरमै उनले प्राण त्यागेका थिए।

बिहीबार बिहान १२:०७ मा उडेको उक्त जहाज वृद्धको मृत्यु भएपछि बैंकक अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको थियो।

बिजनेश इन्साइडरले यस घटनाबारे लुफथान्सा एयरलाइन्ससँग सम्पर्क गरेको खोजेको थियो। यद्यपि एयरलाइन्सले प्रतिक्रिया जनाएको थिएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल