३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

कतारमा फाँसीको सजाय सुनाइएका आठ भारतीय अन्ततः रिहा

२९ माघ २०८०, सोमबार ०८:००

एजेन्सी । कतारमा फाँसीको सजाय पाएका आठ जना भारतीयहरू रिहा भएका छन् । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये सात जना भारत फर्किएका छन् । यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ ।


आठ पूर्व नौसेनाका अधिकारहरू दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गर्थे । उनीहरूलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, ती अधिकारीहरूमाथि लागेको आरोपहरू भारत र कतार दुवैले सार्वजनिक गरेका थिएनन् । स्रोतका अनुसार सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको थियो । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई तालिम र अन्य सेवाहरू दिने गर्छ ।

एक वर्षभन्दा बढी समय जेलमा बिताएपछि अक्टोबरमा कतारको तल्लो अदालतले पूर्व नौसेनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । कतारले यसबारे भारतलाई कुनै जानकारी नदिएकोले उक्त फैसलाले भारत छक्क परेको थियो । सो निर्णयविरुद्ध भारतले अपिल गरेको थियो । जनवरीमा कतारले फाँसीको सजायलाई घटाएर जेल सजायमा झारेको थियो ।

 दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो । यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ । कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । कतारमा करिब आठ लाख भारतीय काम गर्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’