२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

हमनदी पग्लिएर निस्कियो प्राचीन भाइरस, सङ्क्रमणबाट एकको मृत्यु

२०८०, २९ माघ सोमबार ०९:२५

माघ २९, अलास्का । सन् २०१५ मा अलस्कामा नयाँ भाइरस भेटियो । यो भाइरस फेयरबक्स नर्थ स्टार बोरो पर्माफ्रष्ट पग्लिएर निस्किएको थियो । सन् २०२४ को फेब्रुअरीसम्ममा यो भाइरसबाट ७ जना सङ्क्रमित भए । तर यसको सङ्क्रमणमा परेर पहिलो पटक मान्छेको मृत्यु भएको छ । ६ जना सङ्क्रमित फेयरबक्स नर्थ स्टार बोरोमा भेटिएका हुन् । सातौँ व्यक्ति केनाई प्रायद्वीप बोरोमा भेटिएका थिए ।

मृतक वृद्ध भएको बताइएको छ । मृतकमा सङ्क्रमणको पुष्टि जनवरीको अन्त्यमा भएको थियो । मृत्युको बेलामा अस्पतालमा उनको उपचार भइरहेको थियो । भाइरस डबल स्ट्रेन्डेड डीएनए भाइरस भएको बताइएको थियो । यो भाइरस स्मलपक्स, मंकीपक्स र काउ पक्स जस्तै भएकोले  यसलाई अलस्कापक्स नामकरण गरिएको छ ।


यो भाइरसको सङ्क्रमण साना स्तनधारी जीवनमा पनि पाइएको छ । यो भाइरसको सङ्क्रमणपछि छालामा रातो धब्बा देखिन्छ । बिबिरा आउँछ । सही समयमा उपचार गरिएन भने बिबिराले घाउको रूप लिन्छ । पिप निस्किन थाल्छ । जोर्नी, मांसपेशीमा पीडा हुन थाल्छ । लिम्फ नोड सुन्निन थाल्छ । सही समयमा उपचार मिल्यो भने पनि निको हुन ६ महिना जति लाग्छ ।

मान्छेमा यो भाइरस कसरी सर्‍यो भन्ने पक्का प्रमाण भेटिएको छैन । अलस्कापक्सबाट मृत्यु भएको व्यक्ति जङ्गलमा एक्लै बस्थे । उनी बाहिर पनि घुम्न गएका थिएनन् । उनले पालेको बिरालोबाट भाइरस सरेको आशङ्का गरिएको छ ।  उनको बिरालोले जंगलमा साना स्तनधारी जीवको शिकार गर्थ्यो । बिरालोमा भाइरसको सङ्क्रमण थिए । खुट्टाबाट फैलिएको हुन सक्ने बताइएको छ ।

मृतकमा सेप्टेम्बरतिर पहिलो पटक दायाँ हातमा रातो धब्बा देखियो । एन्टीबायोटिक्सको सेवन गरेको भए पनि ६ हप्तापछि लक्षण फेरि बढ्न थाल्यो । जनवरीसम्म कयौँ पटक जाँच पछि अलस्कापक्स भाइरसको सङ्क्रमण पुष्टि भयो । वृद्धको मृत्यु मिर्गौला र फोक्सो फेल भएर भएको थियो ।

तिब्बतमा पग्लिँदै गइरहेको हिमनदीमा १५ हजार वर्ष पुरानो भाइरस भेटिएको छ । यो भाइरस नेपाल, भारत, चीन र म्यानमार जस्ता देशका लागि खतरा हुन सक्ने विश्लेषण गरिएको छ । यो प्राचीन भाइरसको सङ्क्रमणको कुनै उपचार छैन । भाइरस समुद्री सतहबाट २२ हजार फिटको उचाइमा भेटिएको हो । वैज्ञानिकहरूले ३३ ओटा भाइरस खोजेका थिए । यसमध्ये २८ भाइरसबारे संसारलाई केही थाहा नभएको बताइएको छ ।

यी भाइरसलाई यस अघि कहिले पनि देखिएको थिएन । यसको सङ्क्रमणको कुनै उपचार नहुन पनि सक्छ । यी भाइरसहरू चरम स्थितिमा समेत बाचेकोले जस्तो सुकै  तापमान र मौसमलाई झेल्न सक्ने ओहायो स्टेट युनिभर्सिटीका एक वैज्ञानिकले बताएका छन् । यो भाइरस फैलिन कुनै समस्या नरहेको अनि उपचार पनि नभएको उनी बताउँछन् । विश्वव्यापी तापमान वृद्धिका संसारभर नै पर्माफ्रष्ट पग्लिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी