२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

वर्षाले दुबईका सडक जलमग्न, विद्यालय बन्द

२०८०, २९ माघ सोमबार १२:१४

माघ २९, आबु धाबी । सोमबार बिहान दुबई र आबुधाबीका बासिन्दाहरु उठ्दा स्थिति फरक थियो । बिजुली चम्किरहेको थियो, मेघगर्जन त्यसमाथि मुसलधारे वर्षा । झिसमिसे बिहान अघि नै आबुधाबीको सडक असिनाले ढाकिएको थियो ।

त्यहाँको मौसम विभागले बिहान ६ बजेदेखि रातिसम्मै भारी वर्षा हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको थियो । संयुक्त अरब इमिरेट्स (यूएई)को मन्त्रीपरिषद्ले रिमोट वर्कको घोषणा गरेको थियो भने शैक्षिक संस्था र सरकारी निकायहरुमा पनि रिमोट लर्निङको व्यवस्था गरेको थियो । सडक जलमग्न बनेको अनि चिप्लो भएको भन्दै ठाउँठाउँमा चेतावनी नै राखिएको सञ्चार माध्यमहरुमा सार्वजनिक तस्बिरहरुले देखाएका छन् ।

चिप्लो सडक र कम भिजिबिलिटीका कारण सवारी साधन चलाउनै समस्या भइरहेको थियो । निरन्तरको वर्षाका कारण सडकमा सवारी आवागमन प्रभावित हुँदा सवारी साधनहरु लामो जाममा फसेका देखिन्थे । आबुधाबीका सात ओटै इमिरेट्सका वर्षा प्रभावित क्षेत्रमा सडक मोटरचालकहरुका लागि कयौं सुरक्षा एड्भाइजरी जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी