२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फुटबल खेलिरहेका बेला चट्याङ लागेर खेलाडीको मृत्यु

२०८०, १ फाल्गुन मंगलवार ०५:३७

एजेन्सी | इन्डोनेसियामा रंगशालामा चट्याङ लागेर एक फुटबल खेलाडीको मृत्यु भएको छ । फुटबल मैदानको क्यामेरामा खिचिएको भिडियोमा चट्याङ लाग्नेबित्तिकै खेलाडी ढलेको देखिन्छ ।

इन्डोनेसियाको सुबाङ क्षेत्रका ३७ वर्षीय सेप्टेन राहर्जा मैदानमा ढलेसँगै टिमका अरू खेलाडी उनीतर्फ गएको भिडियोमा देखिन्छ ।


बान्डुङस्थित सिलिवांगी रंगशालामा शनिबार खेलका क्रममा घटना घटेको हो । त्यति बेला टु एफएलओ एफसी बान्डुङ र एफबीआई सुबाङबीच खेल भइरहेको थियो ।

स्थानीय सञ्चारमाध्यम पीआरएफएमका अनुसार, चट्याङ लागेपछि पनि उनी सास फेरिरहेका थिए । स्थानीय अस्पतालमा लगिएको केही समयपछि उनको मृत्यु भएको बताइएको छ ।

पछिल्लो १२ महिनामा इन्डोनेसियामा चट्याङ लागेर फुटबलरको मृत्यु भएको यो दोस्रो घटना हो । सन् २०२३ मा पनि साराटिन अन्डर १३ को खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी