३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय कांग्रेस पार्टीका सबै बैंक खाता रोक्का

४ फाल्गुन २०८०, शुक्रबार ०९:३४

फागुन ४, नयाँ दिल्ली | भारतीय कांग्रेसको सबै बैंक खाता रोक्का भएको छ । आयकर विभागले दलको चारैओटा बैंक खाता रोकिदिएको हो । शुक्रबार पार्टीका कोषाध्यक्ष कांग्रेस नेता अजय मकानले यसबारे जानकारी दिएका छन् ।

विभागले युवा कांग्रेसको बैंक खाता पनि फ्रिज गरिदिएको छ । मकानका अनुसार अहिले दलसँग  खर्च गर्न, बिजुलीको बिल तिर्न र आफ्ना कर्मचारीलाई तलब खुवाउन समेत पैसा छैन । सबै गतिविधि प्रभावित भइरहेको उनको भनाई छ ।

विभागको सो कदमले पार्टीको न्याय यात्रा मात्रै नभएर सबै राजनीतिक क्रियाकलाप प्रभावित भइरहेको उनले बताए । विभागले २१० करोड भारु रिकभरीको आदेश दिएको छ । यस मामिलामा कांग्रेस नेता राहुल गान्धीले पनि प्रतिक्रिया दिएका छन् ।


राहुल गान्धीले ट्वीट गर्दै भनेका छन्, ‘मोदीजी नडराउनुहोस्, कांग्रेस पैसाको शक्तिको नाम होइन, जनताको शक्ति हो । तानाशाहको अगाडि न कहिले झुकेका थियौं, झुक्ने छैनौँ । प्रत्येक कांग्रेस कार्यकर्ता भारतको लोकतन्त्रको रक्षा गर्न दिलोज्यान नदिएर लड्नेछन् ।’ 

यस विषयमा कांग्रेस सभापति मल्लिकार्जुन खडनेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भाजपाले सङ्कलन गरेको असंवैधानिक पैसा चुनावमा प्रयोग हुनेछ, तर हामीले क्राउड फन्डिङबाट जम्मा गरेका पैसालाई सील गरिने छ ।’ यसअघि कांग्रेस नेता अजय माकनले पत्रकार सम्मेलनमा कांग्रेस पार्टी र युवा कांग्रेसको बैंक खाता रोक्का गरिएको दाबी गरेका थिए । कांग्रेसले आफ्नो खाता बन्द गर्नुलाई लोकतन्त्रमाथि तालाबन्दी पनि भनेको छ ।

अजय माकनले पत्रकार सम्मेलनमा भने, ‘लोकतन्त्रमाथि हमला भएको छ । लोकसभा चुनाव अघि नै हाम्रो पार्टीको बैंक खाता रोक्का गरिएको छ । माकनले कांग्रेसका सबै खातामा ताला लगाइएको बताए । यसबारे उनले भने, ‘पार्टीले जारी गरेको चेकलाई बैंकहरूले क्लियर नगरेको जानकारी अघिल्लो दिन पाएका थियौं, थप अनुसन्धान गर्दा देशको प्रमुख प्रतिपक्षी दलका सबै खाता रोक्का गरिएको खुलेको हो ।’  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’