२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब जन्ती लिएर हिडेका दुलाहा परिक्षा दिन हल भित्र पसे…

२०८०, ७ फाल्गुन सोमबार ०६:४४

फागुन ७, लखनऊ | उत्तर प्रदेशको महोबास्थित परीक्षा केन्द्रमा एउटा अनौठो दृश्य देखिएको छ ।

यहाँ एक दुलहा, विवाहमा जाँदै गर्दा यूपी कन्स्टेबल भर्ती परीक्षामा उपस्थित हुनबाट रोकिए । दुलही लिन हिडेका दुलाहा जब परिक्षा केन्द्र भित्र प्रवेश गरे, जन्ती भने बाहिर उनलाइ कुरेर बसेका थिए । 

दुलहा प्रशान्त यादवको परीक्षा केन्द्रमा प्रवेश एकदमै फरक देखिएका किनभने उनी टाउकोमा सेहरा लगाएर परीक्षा केन्द्र पुगेका थिए।


महोबास्थित माँ चन्द्रिका महिला विद्यालयमा परीक्षा दिन आएका प्रशान्त यादवको समर्पणको सबैले प्रशंसा गरेका छन् । परीक्षा केन्द्रमा उपस्थित प्रहरी अधिकारीहरूले उनको साहसको प्रशंसा गर्दै उनीसँग फोटोसमेत खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

प्रशान्त यादवको बिहेको जुलुस उत्तर प्रदेशको मुधारीबाट बांदा जाँदै गर्दा बाटोमा महोबामा परीक्षा केन्द्र थियो । त्यसैले विवाह समारोहमा जानु अघि उनले परीक्षा दिने निर्णय गरे र परिक्षा हल भित्र पसे । 

आफ्नो निर्णयबारे कुरा गर्दै प्रशान्तले देशको सेवा गर्ने इच्छा व्यक्त गर्दै अवसरसँग कहिल्यै सम्झौता नगर्न आग्रह गरे । साथै, यस्तो अवस्थामा उत्सवको साटो परीक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएको सुनाए ।

प्रशान्तले आफ्नो दाम्पत्य जीवन सुखमय रहोस् भनेर अहिले आफ्नो करियरलाई प्राथमिकता दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी