३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पोल्याण्डका आन्दोलनरत किसानकाे माग सम्बाेधन गर्न युक्रेन तयार

१० फाल्गुन २०८०, बिहीबार ०३:२५

फागुन १०, किभ | युक्रेनका राष्ट्रपतिले युक्रेनी खाद्यान्न आयातको विरोधमा पोल्याण्डका किसानहरूले गरेको नाकाबन्दी समाधान गर्न पोल्याण्डका नेताहरूलाई उनीहरूको सीमामा भेट्न आमन्त्रित गरेका छन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमा आफू पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क र युरोपेली संघका प्रतिनिधिबीच शनिबार फेब्रुअरी २४ मा युक्रेनमा रुसको आक्रमणको दुई वर्ष पूरा हुनु अघि प्रस्तावित सीमा बैठक हुनसक्ने आशा व्यक्त गरेका छन्।

‘यो राष्ट्रिय सुरक्षा हो,’ जेलेन्स्कीले भने, ‘म पोल्याण्डको सरकारसँग समाधानका लागि सीमामा बस्न तयार छु।’

“हामीसँग पर्याप्त गलतफहमी भएको छ। हामीले एकअर्कालाई अपमान गर्नु हुँदैन, हामीले युक्रेनी वा पोलिश किसानहरूलाई अपमान गर्नु हुँदैन। हामीलाई एकता चाहिन्छ। हामीलाई समाधान चाहिन्छ र हामी बीच युक्रेन र पोल्याण्ड र सम्पूर्ण युरोपको स्तरमामा मिलेर जानु पर्छ,’ जेलेन्स्कीले एक विज्ञप्तिमा भने।

पोल्याण्ड सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

जेलेन्स्कीले भनेका छन् कि युक्रेनले सो प्रदर्शनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने नाराहरू लगाएको भन्दै सो उपस्थितिलाई स्वीकार गर्न नसकिने जनाएका छन ।

यसअघि पोल्यान्डका अधिकारीहरूले पुटिनको समर्थन र युक्रेन विरुद्धको युद्धको नाराहरूप्रति चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’