३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

१२ फाल्गुन २०८०, शनिबार ०७:५६

फागुन १२, लखनउ | उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु हुनेको संख्या बढ्न सक्छ । 

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।

यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’