२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गंगा नुहाउन गएका तिर्थयात्री बाेकेकाे ट्याक्टर तालमा खस्दा १५ को मृत्यु

२०८०, १२ फाल्गुन शनिबार ०७:५६

फागुन १२, लखनउ | उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा हालसम्म ७ बालबालिका र ८ महिलासहित १५ जनाको ज्यान गइसकेको छ भने सुरक्षा अधिकारीका अनुसार  सो दुर्घटना  परी  मृत्यु हुनेको संख्या बढ्न सक्छ । 

जानकारीका अनुसार अगाडिबाट आउँदै गरेको अपरिचित गाडीलाई बचाउन खोज्दा भक्तजनले भरिएको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेको थियो । जसका कारणा यस दुर्घटनामा परी ठूलो संख्यामा मानिसले ज्यान गुमाएका हुन ।

यस दुर्घटनामा ठूलो संख्यामा मानिसको ज्यान गएको छ भने कैयौं व्यक्ति गम्भीर घाइते भएका छन् । ४ बालबालिकालाई गम्भीर अवस्थामा अस्पताल पठाइएको छ । दुर्घटनामा परी ट्याक्टरमा सवार सबै जैथरा थानाको छोटा कासा गाउँका बासिन्दा हुन् । माघ पूर्णिमाको अवसरमा यी मानिसहरू कासगञ्जको पटियालीस्थित कादरगञ्ज गंगाघाटमा गंगा स्नान गर्न गइरहेका थिए। 

यो दर्दनाक दुर्घटना दरियावगञ्ज पटियाली सडकको गढई गाउँ नजिक भएको हो । उद्दार र उपचार दुवै जारी रहेको स्थानिय प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी