२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलद्दारा चर्चित प्यालेस्टाइनी कमेडियनको घरमा आक्रमण, हालसम्म २३ को मृत्यु

२०८०, १२ फाल्गुन शनिबार ०८:५०

फागुन १२, गाजा | गत शुक्रबार इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको थियो ।

यस आक्रमणमा एक प्रसिद्ध प्यालेस्टिनी हास्य कलाकारको घर ध्वस्त भएको थियो, जसमा कम्तिमा २३ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए।

उक्त क्षेत्रमा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घटनाको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयले मध्य गाजाको देइर अल बालाह क्षेत्रमा महमूद जुएटरको परिवारको घर ध्वस्त भएको र आक्रमणमा मारिएका अधिकांश महिला र बालबालिका रहेको बताएको छ। आक्रमणमा घाइते भएका जुएटरका इन्स्टाग्राममा १२ लाखभन्दा बढी फलोअर्स छन् भने उनका भिडियोहरू युट्युबमा पनि व्यापक रूपमा हेरिन्छन् ।

सन २०१४ को सुरुमा बेल्जियमको मार्शल आर्टको प्यालेस्टिनी प्यारोडी र अभिनेता जीन क्लाउड भ्यान डम्मेको कारको विज्ञापन भाइरल भए पछि जुएटरसँग अन्तराष्ट्रिय मिडियाले अन्तर्बार्ता पनि लिएका थिए । विज्ञापनमा भान डम्मे दुईवटा चलिरहेको ट्रकमा हिंडिरहेको देखाइएको छ। जबकि गाजा संस्करणमा दुईवटा कार पेट्रोलको अभावमा धकेलिएको देखाइएको छ ।

शुक्रबारको आक्रमणपछि अनलाइन पोस्ट गरिएको भिडियोमा जुएटरले एक घाइते बालकलाई समातेको देखिन्छ। जुइटरको उमेर ३० वर्षको हाराहारीमा रहेको बताइएको छ । भिडियोमा जुएटरले भनेका छन्, ‘मैले भगवानसँग प्रार्थना गर्दै सबैलाई गाजा छाड्न कडाइका साथ मनाइरहेको थिएँ। कृपया मलाई गाजा छोड्न जबरजस्ती नगर्नुहोस् किनकि म गाजालाई माया गर्छु र त्यहाँका मानिसहरूलाई धेरै माया गर्छ, तर यहाँ यस्तो देखिन्छ कि उनीहरूले हामीलाई गाजा छोड् भन्ने चाहन्छन्, ।’ जुएटर भिडियोमा रोइरहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी