३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

श्रीमानले म:म नखुवाएको भन्दै प्रहरीमा उजुरी, हप्तामा दुई पटक खुवाउने वाचा गरेपछि मात्रै उजुरी फिर्ता

१४ फाल्गुन २०८०, सोमबार ०७:५८

फागुन १४, काठमाडौँ | हरेक घरमा कहिलेकाहीँ कुनै न कुनै विषयमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ तर आगराका एक जोडीबीचको झगडाको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । श्रीमान श्रीमतीबीच झगडाको कारण हो – मम ।

वास्तवमा आगराकी एक महिलाले आफ्ना श्रीमानलाई बजारबाट मम ल्याउन भनेकी थिइन् । श्रीमानले मम नल्याएपछि दम्पतीबीच झगडा भयो र घटना प्रहरीसम्म पुग्यो ।

मिडिया रिपोर्टका अनुसार श्रीमतीले प्रहरीलाई फोन गरेर मम नल्याएको भन्दै श्रीमानविरुद्ध उजुरी गरिन् । उजुरी पाएपछि प्रहरीले घटनालाई पारिवारिक परामर्श केन्द्रमा पठायो । त्यसपछि परिवार परामर्श केन्द्रका अधिकारीहरूले श्रीमान्–श्रीमतीबीचको विवाद सुल्झाउन दुवैलाई प्रहरी चौकीमा बोलाए ।

पारिवारिक परामर्श केन्द्रमा परामर्श गरेपछि श्रीमान्–श्रीमतीबीच सम्झौता भएको छ । यो सम्झौता अन्तर्गत श्रीमानले आफ्नी श्रीमतीलाई हप्तामा दुई पटक मम खुवाउने वाचा गरेपछि दुईबीचको झगडा समाप्त भयो । ती युवतीले केही दिनअघि युवकसँग विवाह गरेकी थिइन् ।

गत महिना मात्रै पनि भारतको राजधानी दिल्लीमा ममलाई लिएर ठूलो झगडा भएको थियो। मम खाइरहेका एक युवकले थप चटनी मागेपछि पसलेले छुरा प्रहार गरेका थिए । छुरा प्रहार गरी अभियुक्त फरार भएका थिए ।

यो घटना दिल्लीको शाहदरा क्षेत्रमा भएको हो । मम खाइरहेका सन्दीप नामका व्यक्तिले पसले विकाससँग थप चटनी मागेका थिए । यही विषयमा ग्राहकले पसलेसँग झगडा गर्न थाले ।

केही बेरमै झगडा यतिसम्म बढ्यो कि आक्रोशित पसलेले ग्राहकलाई छुरा हाने । यसपछि पसले घटनास्थलबाट भागेका थिए । त्यसपछि घटनास्थलमा उपस्थित मानिसहरूले घाइते युवकलाई नजिकैको अस्पतालमा भर्ना गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’