३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उज्वेकिस्तानमा भारतीय व्यापारीलाई २० वर्षको जेल सजायः, कफ सिरपका कारण ६८ बालबालिकाको मृत्यु भएको आरोप

१५ फाल्गुन २०८०, मंगलवार ०५:२३

फागुन १५, काठमाडौं | उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । 

एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी र किर्तेमा दोषी ठहर भएका हुन् ।

वास्तवमा उजबेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तिमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो। जसका कारण ६८ बालबालिकाको मृत्यु हुन पुगेको बताइएको छ ।


मृतकका आफन्तको उजुरीको आधारमा उज्वेकिस्तान प्रहरीले मुद्दा दर्ता गरी अदालतमा आरोपपत्र दायर गरेको थियो । जसमा उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप बेच्ने कम्पनीका निर्देशक राघवेन्द्र प्रतापलाई पनि अभियुक्त बनाइएको हो । उनीविरुद्ध लापरवाही, ठगीलगायतका गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरप बालबालिकालाई दिन नहुने बताएको थियो। सिरपको नाम एम्ब्रोनोल सिरप र डक–१–म्याक्स हो। यी दुवै सिरप नोएडास्थित कम्पनी मेरियन बायोटेकले उत्पादन गरेको हो।

अनुसन्धानमा दुवै सिरप गुणस्तरीय नभएको डब्ल्यूएचओले जनाएको छ । यसमा डायथिलिन ग्लाइकोल वा दूषित पदार्थको रूपमा इथिलीन ग्लाइकोलको सही मात्रा नभएको खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन