२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

उज्वेकिस्तानमा भारतीय व्यापारीलाई २० वर्षको जेल सजायः, कफ सिरपका कारण ६८ बालबालिकाको मृत्यु भएको आरोप

२०८०, १५ फाल्गुन मंगलवार ०५:२३

फागुन १५, काठमाडौं | उज्बेकिस्तानको सर्वोच्च अदालतले भारतीय कफ सिरप पिउँदा ६८ बालबालिकाको मृत्यु भएको मुद्दामा २१ जनालाई सजाय सुनाएको छ । 

एनडीटीभीको रिपोर्ट अनुसार सबैलाई २० वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो । जसमा भारतीय व्यापारी राघवेन्द्र प्रताप पनि रहेका छन् । उनी भ्रष्टाचार, जालसाजी र किर्तेमा दोषी ठहर भएका हुन् ।

वास्तवमा उजबेकिस्तानमा २०२२ र २०२३ को बीचमा कम्तिमा ८६ बालबालिकालाई विषालु खोकीको सिरप खुवाइएको थियो। जसका कारण ६८ बालबालिकाको मृत्यु हुन पुगेको बताइएको छ ।


मृतकका आफन्तको उजुरीको आधारमा उज्वेकिस्तान प्रहरीले मुद्दा दर्ता गरी अदालतमा आरोपपत्र दायर गरेको थियो । जसमा उज्वेकिस्तानमा डक–१ म्याक्स सिरप बेच्ने कम्पनीका निर्देशक राघवेन्द्र प्रतापलाई पनि अभियुक्त बनाइएको हो । उनीविरुद्ध लापरवाही, ठगीलगायतका गम्भीर धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतको मेरियन बायोटेकले बनाएको दुईवटा कफ सिरप बालबालिकालाई दिन नहुने बताएको थियो। सिरपको नाम एम्ब्रोनोल सिरप र डक–१–म्याक्स हो। यी दुवै सिरप नोएडास्थित कम्पनी मेरियन बायोटेकले उत्पादन गरेको हो।

अनुसन्धानमा दुवै सिरप गुणस्तरीय नभएको डब्ल्यूएचओले जनाएको छ । यसमा डायथिलिन ग्लाइकोल वा दूषित पदार्थको रूपमा इथिलीन ग्लाइकोलको सही मात्रा नभएको खुलेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी