२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, बार्षिक ७ लाखले गर्छन आत्महत्या

२०८०, १६ फाल्गुन बुधबार ०३:०५

फागुन १६, जोहानेसबर्ग | आत्महत्यालाई मानसिक विकार मानिन्छ। यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन्। अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा विश्वको शीर्ष स्थानमा छ भन्ने कुरा कमैलाई थाहा छ । यस देशको नाम लेसोथो हो। अहिलेसम्म फिल्ममा मात्रै लेसोथोको नाम सुनेको होला तर यो वास्तवमा चारैतिरबाट जमिनले घेरिएको देश हो ।

दशकौंसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाडने गर्दथे । यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो । अहिले त्यो क्रम रोकिएको छ तर  विगत एक दशकमा देशको जीडीपी घट्दै गएपछि पैसा र सम्भावनाको अभावले जनतामाथि दबाब बढेको छ। विशेषगरी पुरुषमा आत्महत्याको दर बढी रहेको छ ।

दक्षिण अफ्रिकाले घेरिएको २३ लाख जनसंख्या भएको यो पहाडी देशमा विश्वमा सबैभन्दा बढी आत्महत्या दर रहेको छ । लेसोथोमा प्रति १ लाख मानिसहरूमा ८७.५ जनाले आत्महत्या गर्दछन । 

‘परम्परागत रूपमा हाम्रो देशमा पुरुषहरू सेवा प्रदायक हुन्, त्यसैले उनीहरूसँग जागिर छैन, श्रीमती र बच्चाहरू छन् र उनीहरूले उनीहरूलाई समर्थन गर्न सक्दैनन्, यसले मनोवैज्ञानिक समस्याहरू सिर्जना गर्दछ,’ एक ब्यक्ति मोचाबा भन्छन्।

लेसोथोका मानिसहरू मानसिक स्वास्थ्यको बारेमा कुरा गर्दैनन् र अरूले उनीहरूलाई कमजोर ठान्छन् कि भनेर डराउँछन्। लेसोथोमा मानिसहरूले आत्महत्या गर्नुका विभिन्न कारणहरू छन्। कोही किशोरावस्थामा टुहुरा बनेका छन् भने कोही राम्रो जागिर पाउन संघर्ष गरिरहेका छन् । यो देशका अधिकांश जनताले आफ्नो महत्वाकांक्षा पहुँचभन्दा बाहिर गएपछि मृत्युलाई अँगालो हाल्ने गर्दछन ।

टेलिग्राफको रिपोर्ट अनुसार विश्वमा हरेक वर्ष करिब ७ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले आत्महत्यालाई गम्भीर जनस्वास्थ्य समस्या भनेको छ। यो लेसोथोमा भन्दा गम्भीर कतै छैन। बेलायतमा यो संख्या १०.७ छ, साइप्रसमा ३.५, ग्रीसमा ४, इटालीमा ५.६ र स्लोभाकियामा ६.९ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी