२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाबर आजमलाई पीएसएल मालिकले उपहार दिए अनाैंठाे कार

२०८०, १६ फाल्गुन बुधबार ०५:३८

फागुन १६, काठमाडौं | पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् । 

बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले । योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो । उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ । 

सो खेलमा पहिले ब्याटिङ गरेको पेशावर जाल्मीले बाबर आजमको शतकको मद्दतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । तर, यो जितपछि पेशावर जाल्मीका मालिकले बाबर आजमलाई विशेष उपहार दिएका छन् ।

समाचार अनुसार बाबर आजमको शानदार शतकपछि पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले उपहारस्वरूप लक्जरी कार दिने घोषणा गरेका छन् । पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले बाबर आजमलाई एमजी एचएस एसेन्स कार उपहार स्वरुप दिने बताएका हुन । जसलाइ अनाैंठाे कारकाे संज्ञा दिइएकाे छ ।  

हामी तपाईलाई बताउछौं कि यो लग्जरी कार भारतमा उपलब्ध छैन। जावेद अफ्रिदीले ट्वीट गर्दै यो लग्जरी कार पाकिस्तानमा बनेको लेखेका छन् । उनका अनुसार बाबर आजम यो कार चलाउने पहिलो पाकिस्तानी हुनेछन्।

तथ्याङ्कले देखाउँछ कि बाबर आजमले टी–२० ढाँचामा ११ पटक शतकको अंक पार गरेका छन्। बाबर आजम टी–२० ढाँचामा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । यो सूचीमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन् । टी–२० ढाँचामा क्रिस गेलको नाममा २२ शतक छ । यसबाहेक बाबर आजमले टी–२० ढाँचामा १० हजार रनको जादुई अंक पार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी