३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिका प्रस्थान गर्ने क्रममा हिउँमा कठयाङ्रियर चार भारतीयको मृत्युले हंगामा

१६ फाल्गुन २०८०, बुधबार ०५:४४

फागुन १६, न्युयोर्क | अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।  दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए तर हिउँको आँधीका कारण तीनीहरू सबैको मृत्यु भएको घटनामा उनलाइ पक्राउ गरिएको हो । 


सीबीसी न्यूजका अनुसार डर्टी ह्यारी, परम सिंह र हरेश रमेशलाल पटेल भनेर चिनिने हर्ष कुमार पटेललाई गत हप्ता शिकागो एयरपोर्टबाट पक्राउ गरिएको हो । हर्ष कुमार पटेलमाथि फ्लोरिडाका निवासी स्टिभ सान्डलाई अमेरिका प्रवेश गर्न सहयोग गरेको आरोप पनि लागेको छ । प्रहरीका अनुसार हर्ष पटेल एक संगठित मानव बेचबिखन समूहको हिस्सा थिए, जसले भारतीय नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न सहयोग गर्दै आएका थिए ।

खासमा जनवरी १९, २०२२ मा पुलिसले अमेरिका–क्यानडा सीमामा ४ शव फेला पारेको थियो। यी सबै शव भारतको गुजरातमा बस्ने एक परिवारका थिए । यी शव जगदीश बलदेवभाई पटेल, उनकी पत्नी वैशालीबेन जगदीशकुमार पटेल र उनीहरूका छोराछोरी विहांगी जगदीशकुमार र धार्मिकका थिए। तिनीहरू सबैको शव १९ जनवरी २०२२ मा इमर्सन, मनिटोबा नजिकै बरफमा जमेको फेला परेको थियो ।

यस मामिलामा प्रहरीले यसअघि हर्ष पटेलका सहयोगी स्टिभ सान्ड नामक व्यक्तिलाई पक्राउ गरेको थियो। जब यो पूरै प्रकरण बाहिर आयो, मुख्य अभियुक्त हर्ष पटेललाई पनि पक्राउ गरिएको हो ।

शव फेला परेपछि सीमाको क्यानाडातर्फ कुनै पनि बेवारिसे गाडी नभेटिए पछि उनले पटेल परिवारलाई सिमानामा छाडेर फर्केको कसैले स्पष्ट पारेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र गाडीको पनि खोजी गरिरहेको छ तर चालक भने अझै फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’