२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिका प्रस्थान गर्ने क्रममा हिउँमा कठयाङ्रियर चार भारतीयको मृत्युले हंगामा

२०८०, १६ फाल्गुन बुधबार ०५:४४

फागुन १६, न्युयोर्क | अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् । 

उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।  दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए तर हिउँको आँधीका कारण तीनीहरू सबैको मृत्यु भएको घटनामा उनलाइ पक्राउ गरिएको हो । 


सीबीसी न्यूजका अनुसार डर्टी ह्यारी, परम सिंह र हरेश रमेशलाल पटेल भनेर चिनिने हर्ष कुमार पटेललाई गत हप्ता शिकागो एयरपोर्टबाट पक्राउ गरिएको हो । हर्ष कुमार पटेलमाथि फ्लोरिडाका निवासी स्टिभ सान्डलाई अमेरिका प्रवेश गर्न सहयोग गरेको आरोप पनि लागेको छ । प्रहरीका अनुसार हर्ष पटेल एक संगठित मानव बेचबिखन समूहको हिस्सा थिए, जसले भारतीय नागरिकहरूलाई संयुक्त राज्य अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्न सहयोग गर्दै आएका थिए ।

खासमा जनवरी १९, २०२२ मा पुलिसले अमेरिका–क्यानडा सीमामा ४ शव फेला पारेको थियो। यी सबै शव भारतको गुजरातमा बस्ने एक परिवारका थिए । यी शव जगदीश बलदेवभाई पटेल, उनकी पत्नी वैशालीबेन जगदीशकुमार पटेल र उनीहरूका छोराछोरी विहांगी जगदीशकुमार र धार्मिकका थिए। तिनीहरू सबैको शव १९ जनवरी २०२२ मा इमर्सन, मनिटोबा नजिकै बरफमा जमेको फेला परेको थियो ।

यस मामिलामा प्रहरीले यसअघि हर्ष पटेलका सहयोगी स्टिभ सान्ड नामक व्यक्तिलाई पक्राउ गरेको थियो। जब यो पूरै प्रकरण बाहिर आयो, मुख्य अभियुक्त हर्ष पटेललाई पनि पक्राउ गरिएको हो ।

शव फेला परेपछि सीमाको क्यानाडातर्फ कुनै पनि बेवारिसे गाडी नभेटिए पछि उनले पटेल परिवारलाई सिमानामा छाडेर फर्केको कसैले स्पष्ट पारेको प्रहरीले जनाएको छ । प्रहरीले चालक र गाडीको पनि खोजी गरिरहेको छ तर चालक भने अझै फेला परेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी