२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

साउदी अरबमा एकैदिन शिर काटेर ७ जनालाइ दिइयो मृत्युदण्ड

२०८०, १६ फाल्गुन बुधबार १०:३८

फागुन १६, रियाद | साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ ।

साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो । 

सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाइ मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो ।

साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइए पछि उनीहरूलाई टाउको काटेर यो मृत्युदण्डको सजाँय दिइएको हो । तर, यसरी मंगलबार मृत्यदण्ड दिएकाहरुको राष्ट्रियता भने साउदी अरबले अझै खुलाएको छैन् ।

साउदी समाचार एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्‍याउने कार्य गरे पछि उनीहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ ।

अन्तराष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो। सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिइ सकिएको छ ।

दुई वर्षअघि साउदी अरबमा एकै दिन ८१ जनालाई फाँसी दिइँदा विश्वव्यापी रूपमा आक्रोश मच्चिएको थियो। एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरेबियाले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो। 

गत वर्ष डिसेम्बरमा साउदी अरबले सबैभन्दा बढी मृत्युदण्ड दिएको थियो । त्यो महिना ३८ जनालाई मृत्युदण्ड दिइएको थियो । २०२३ मा मृत्युदण्डको सजाय सुनाइएकामा देशद्रोहको अभियोगमा दोषी ठहरिएका दुई सैनिक र आतंकवादी गतिविधिमा संलग्न ३३ जना थिए। 

सन् २०२२ मा साउदी अरबमा १४७ जनालाई फाँसी दिइएको थियो, जसको मानव अधिकारकर्मीहरूले निरन्तर आलोचना गर्दै आएका छन् । त्यस्तै, २०१९ मा साउदीमा १८७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो