३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अर्बौ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन बच्चा, झन ८ प्रतिशतमा झर्‍याे

१७ फाल्गुन २०८०, बिहीबार ०३:१६

फागुन १७, सियोल | दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । 

महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर अघिल्लो बर्षको तुलनामा झन कम भए पछि थप चिन्ता ब्यक्त गरेको हो ।

विश्वको सबैभन्दा लामो आयु भएको तर सबैभन्दा कम जन्मदर भएको देश मध्य दक्षिण कोरिया पनि एक हो । जसका कारण बढ्दो जनसांख्यिकीय चुनौतीका बिचमा दक्षिण कोरिया जुधिरहेकाे छ । दक्षिण कोरियाको छिमेकी जापान पनि साेही मुद्दासँग जुधिरहेको छ ।

दक्षिण कोरियाको सरकारले हालै द्रुत रूपमा बुढाहरूको जनसंख्या बढी भएको राष्ट्र हुने घोषणा गर्दै त्यहाँ जन्मदरको संख्या सन २०२३ मा झन न्यून अंकमा झरेको जानकारी दिएको छ । जसअनुसार दक्षिण कोरियाको प्रजनन दरको तथ्यांक अनुसार एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको संख्या ०.७२ मा २०२३ मा झरेको छ, जुन २०२२ को तुलनामा झण्डै ८ प्रतिशतले कमी हो ।

यो हालको ५१ मिलियन जनसंख्यालाई कायम राख्न आवश्यक पर्ने २.१ बालबालिका जन्मदरकोको तुलनामा धेरै नै कम हो, जुन यो दरले अगाडी बढेमा दक्षिण कोरियाको जनसंख्या सन् २१०० सम्ममा झण्डै आधा हुने जनसांख्यिक विज्ञहरूले चेतावनी दिइरहेका छन । जसका कारण सरकारले धेरै बच्चा जन्माउनका लागि प्रोत्साहन गर्न नगद अनुदानहरू, बच्चाहरूको हेरचाह सेवा र बाँझोपन उपचारको लागि सहयोग प्रदान गर्न ठूलो रकम खर्च गरिरको छ तर त्यस खर्च अनुसार महिलाहरूले बालबच्चा जन्माइरहेका छैनन्, जसकाकारण प्रत्येक बर्ष जन्मदर निरन्तर घट्दै गएको छ ।

दक्षिण काेरियाको जनसंख्या जनगणना विभागका प्रमुख लिम यङ इलले भने, ‘नवजात शिशुको संख्या, जन्मदर, र कच्चा जन्मदर (प्रति १,००० व्यक्तिमा नवजात शिशुहरू)  सबै १९७० पछिको सबैभन्दा न्यून बिन्दुमा छन्, जब जनसंख्याकाे तथ्याङ्क सङ्कलन सुरु देशमा भएको थियो।’

लिमले पत्रकारहरूलाई भने कि दक्षिण कोरियाको ०.७२ जन्मदर आर्थिक सहयोग तथा विकास संगठन (ओएसिडी) राष्ट्रहरू मध्येमा सबैभन्दा कम रहेको छ । त्यसमाथी पनिबच्चा जन्माउने औसत उमेर ३३.६ बर्ष रहेको छ, जुन ओएसिडी राष्ट्रहरूमा उच्चतम हो।

१४ डिसेम्बर १९६० मा १८ देशहरूले मूल रूपमा आर्थिक सहयोग र विकास संगठनको महासन्धिमा हस्ताक्षर गरेका थिए, त्यसयता १८ वटा देश यस संस्थाको सदस्य रहेका छन् । जस्मा दक्षिण कोरियाका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत बिकसित राष्ट्रहरू रहेका छन् । तर, ती १८ राष्ट्रहरू मध्ये दक्षिण काेरियामा जन्मदर थप कम हुदैँ गएकाे छ, जस्ताे कि सन २०२२ तुलनामा  सन २०२३ मा नै ८ प्रतिशतले कमी देखियाे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’