२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अर्बौ डलर खर्च गरे पनि दक्षिण कोरियालीले जन्माएनन बच्चा, झन ८ प्रतिशतमा झर्‍याे

२०८०, १७ फाल्गुन बिहीबार ०३:१६

फागुन १७, सियोल | दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । 

महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर अघिल्लो बर्षको तुलनामा झन कम भए पछि थप चिन्ता ब्यक्त गरेको हो ।

विश्वको सबैभन्दा लामो आयु भएको तर सबैभन्दा कम जन्मदर भएको देश मध्य दक्षिण कोरिया पनि एक हो । जसका कारण बढ्दो जनसांख्यिकीय चुनौतीका बिचमा दक्षिण कोरिया जुधिरहेकाे छ । दक्षिण कोरियाको छिमेकी जापान पनि साेही मुद्दासँग जुधिरहेको छ ।

दक्षिण कोरियाको सरकारले हालै द्रुत रूपमा बुढाहरूको जनसंख्या बढी भएको राष्ट्र हुने घोषणा गर्दै त्यहाँ जन्मदरको संख्या सन २०२३ मा झन न्यून अंकमा झरेको जानकारी दिएको छ । जसअनुसार दक्षिण कोरियाको प्रजनन दरको तथ्यांक अनुसार एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको संख्या ०.७२ मा २०२३ मा झरेको छ, जुन २०२२ को तुलनामा झण्डै ८ प्रतिशतले कमी हो ।

यो हालको ५१ मिलियन जनसंख्यालाई कायम राख्न आवश्यक पर्ने २.१ बालबालिका जन्मदरकोको तुलनामा धेरै नै कम हो, जुन यो दरले अगाडी बढेमा दक्षिण कोरियाको जनसंख्या सन् २१०० सम्ममा झण्डै आधा हुने जनसांख्यिक विज्ञहरूले चेतावनी दिइरहेका छन । जसका कारण सरकारले धेरै बच्चा जन्माउनका लागि प्रोत्साहन गर्न नगद अनुदानहरू, बच्चाहरूको हेरचाह सेवा र बाँझोपन उपचारको लागि सहयोग प्रदान गर्न ठूलो रकम खर्च गरिरको छ तर त्यस खर्च अनुसार महिलाहरूले बालबच्चा जन्माइरहेका छैनन्, जसकाकारण प्रत्येक बर्ष जन्मदर निरन्तर घट्दै गएको छ ।

दक्षिण काेरियाको जनसंख्या जनगणना विभागका प्रमुख लिम यङ इलले भने, ‘नवजात शिशुको संख्या, जन्मदर, र कच्चा जन्मदर (प्रति १,००० व्यक्तिमा नवजात शिशुहरू)  सबै १९७० पछिको सबैभन्दा न्यून बिन्दुमा छन्, जब जनसंख्याकाे तथ्याङ्क सङ्कलन सुरु देशमा भएको थियो।’

लिमले पत्रकारहरूलाई भने कि दक्षिण कोरियाको ०.७२ जन्मदर आर्थिक सहयोग तथा विकास संगठन (ओएसिडी) राष्ट्रहरू मध्येमा सबैभन्दा कम रहेको छ । त्यसमाथी पनिबच्चा जन्माउने औसत उमेर ३३.६ बर्ष रहेको छ, जुन ओएसिडी राष्ट्रहरूमा उच्चतम हो।

१४ डिसेम्बर १९६० मा १८ देशहरूले मूल रूपमा आर्थिक सहयोग र विकास संगठनको महासन्धिमा हस्ताक्षर गरेका थिए, त्यसयता १८ वटा देश यस संस्थाको सदस्य रहेका छन् । जस्मा दक्षिण कोरियाका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत बिकसित राष्ट्रहरू रहेका छन् । तर, ती १८ राष्ट्रहरू मध्ये दक्षिण काेरियामा जन्मदर थप कम हुदैँ गएकाे छ, जस्ताे कि सन २०२२ तुलनामा  सन २०२३ मा नै ८ प्रतिशतले कमी देखियाे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी