३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाइ मृत्युदण्डको सजायँ

१८ फाल्गुन २०८०, शुक्रबार ०६:३६

फागुन १८, काठमाडौँ | कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो । 

बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।सो हत्या सन् २०१५ को डिसेम्बरमा भएको थियो । 

हावडा जीआरपीले फलकनामा एक्सप्रेसको झोलाबाट एक बालकको विकृत शव बरामद गरेको थियो, त्यसपछि सो घटनाको सनसनी खुलेको थियो । 


समाचार अनुसार हसिना सुल्ताना आन्ध्र प्रदेशको गुन्टुरस्थित आफ्नो ससुरा घर छोडेर बच्चासहित प्रेमीसँग भागेकी थिइन् । त्यसपछि उनी आफ्नो प्रेमी भानु शाहसँग हैदरावादको बंजारा हिल्स क्षेत्रमा बस्न थालेकी थिइन् । उनको प्रेमी त्यहाँ भाडाको घरमा बस्थे तर हसिनाका छोरी जिसान उनीहरु दुबैको बीचको प्रेममा बाधक बन्न पुगिन् । त्यसैले आफ्नो प्रेमीको सहयोगमा जिसानकी आमा हसिनाले प्रेमीसँग मिलेर छोरीको हत्या गरिन, जुन निकै बिभत्स अवस्थामा शव भेटिएको थियो ।

उता, छोरी र नातिनी नभेटिएपछि सुल्तानाका परिवारले उनको फोटोसहित प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए । हावडा स्टेशनमा जिसानको शव फेला परेपछि ती तस्बिरहरूको आधारमा अनुसन्धान अघि बढ्यो र जिसानको हत्या भएको खुल्न गयो । त्यसपछि सुरू भएको प्रहरी अनुसन्धान अनुसार हावडा जीआरपीले सुल्ताना र उनका प्रेमी भानुलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।

सरकारी वकिल अरिन्दम मुखोपाध्यायले फास्ट ट्र्याक अदालतका न्यायाधीशले प्रमाणका आधारमा दुवैलाई दोषी ठहर गरेको बताए । उनले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएका छन । तर, दोषीका वकिल फिरोज सरकारले फाँसीको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’