२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

प्रेमीसँग मिलेर छोरीको हत्या गर्ने आमालाइ मृत्युदण्डको सजायँ

२०८०, १८ फाल्गुन शुक्रबार ०६:३६

फागुन १८, काठमाडौँ | कोलकत्ता महानगरसँग जोडिएको हावडा जिल्लाको अदालतले बिहीबार आमा र उनका प्रेमीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो । 

बिहीबार अदालतले दुवै दोषीलाई मृत्युदण्डको फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।सो हत्या सन् २०१५ को डिसेम्बरमा भएको थियो । 

हावडा जीआरपीले फलकनामा एक्सप्रेसको झोलाबाट एक बालकको विकृत शव बरामद गरेको थियो, त्यसपछि सो घटनाको सनसनी खुलेको थियो । 


समाचार अनुसार हसिना सुल्ताना आन्ध्र प्रदेशको गुन्टुरस्थित आफ्नो ससुरा घर छोडेर बच्चासहित प्रेमीसँग भागेकी थिइन् । त्यसपछि उनी आफ्नो प्रेमी भानु शाहसँग हैदरावादको बंजारा हिल्स क्षेत्रमा बस्न थालेकी थिइन् । उनको प्रेमी त्यहाँ भाडाको घरमा बस्थे तर हसिनाका छोरी जिसान उनीहरु दुबैको बीचको प्रेममा बाधक बन्न पुगिन् । त्यसैले आफ्नो प्रेमीको सहयोगमा जिसानकी आमा हसिनाले प्रेमीसँग मिलेर छोरीको हत्या गरिन, जुन निकै बिभत्स अवस्थामा शव भेटिएको थियो ।

उता, छोरी र नातिनी नभेटिएपछि सुल्तानाका परिवारले उनको फोटोसहित प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए । हावडा स्टेशनमा जिसानको शव फेला परेपछि ती तस्बिरहरूको आधारमा अनुसन्धान अघि बढ्यो र जिसानको हत्या भएको खुल्न गयो । त्यसपछि सुरू भएको प्रहरी अनुसन्धान अनुसार हावडा जीआरपीले सुल्ताना र उनका प्रेमी भानुलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।

सरकारी वकिल अरिन्दम मुखोपाध्यायले फास्ट ट्र्याक अदालतका न्यायाधीशले प्रमाणका आधारमा दुवैलाई दोषी ठहर गरेको बताए । उनले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको जानकारी दिएका छन । तर, दोषीका वकिल फिरोज सरकारले फाँसीको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी