२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

खाद्यान्न लिन जम्मा भएका प्यालेस्टाइनीमाथि इजरायलको आक्रमण, १०४ जनाको मृत्यु

२०८०, १८ फाल्गुन शुक्रबार ०६:५३

फागुन १८, काठमाडौँ | इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अझै समाप्त भएको छैन। इजरायली सेनाले गाजामा लगातार कारबाही गरिरहेको छ । यसैबीच गाजाबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ ।

खाद्यान्न लिन यहाँ जम्मा भएको भीड इजरायली सेनाको गोलीको शिकार बनेका छन् । यस गोलीबारीमा १०४ जनाको मृत्यु भएको खुलासा भएको छ। प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै सीएनएन रिपोर्टका अनुसार यो घटना उत्तरी गाजामा भएको हो।


जानकारी अनुसार उत्तरी गाजामा इजरायली सेनाले गरेको गोलीबारीबाट १०४ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । वास्तवमा प्यालेस्टिनीहरू रासन वितरण गर्ने ट्रकको अगाडि भेला भएका थिए। भोकभोकै मान्छेको भीड ट्रकको वरिपरि जम्मा भएको थियो, त्यहाँ अराजक वातावरण सिर्जना भयो। यसैबीच इजरायली सेनाले गोली चलाएको हो । जसका कारण भागदौड मच्चियो । गोलीबारीमा धेरैको मृत्यु भयो र धेरैलाई ट्रकले किचेर मरे।

यसैबीच, संयुक्त राष्ट्र प्रमुख गुटेरेसले गाजा सहायता स्थलमा भएको यो दुखद घटनाको कडा निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको छानबिन गर्न माग गरेका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले उक्त घटनामा १०० जनाभन्दा बढीको ज्यान गएको जनाएको छ ।

सीएनएन रिपोर्टका अनुसार भीड खानाको पर्खाइमा रहेको बेला इजरायली सेनाले कथित रूपमा गोली चलाउँदा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। गोलीबारी किन गरियो भन्ने सम्बन्धमा इजरायली सेना र प्रत्यक्षदर्शीको भनाइ एकदमै विरोधाभासपूर्ण छ ।

संयुक्त राष्ट्र प्रमुखका प्रवक्ता स्टेफेन डुजारिकले भने, “गाजाका निराश नागरिकहरूलाई तुरुन्तै मद्दतको आवश्यकता छ, जसमा उत्तरी क्षेत्रहरू पनि छन्, जहाँ संयुक्त राष्ट्रले एक हप्ता भन्दा बढी समयदेखि सहायता पुर्‍याउन सकेको छैन।” घटनाको समयमा संयुक्त राष्ट्र संघ उपस्थित नभए पनि दुखद घटनाको विस्तृत अनुसन्धान गर्न माग गरेको छ ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी