३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अम्बानीका छोराको विवाह समारोहमा रिहानाको सांगीतिक प्रस्तुति, कति लिंदैछिन् पारिश्रमिक?

१८ फाल्गुन २०८०, शुक्रबार १२:२१

फागुन १८, काठमाडौँ  | अमेरिकी पपस्टार रिहानाले भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको प्रि-वेडिङ समारोहमा सांगीतिक प्रस्तुति दिने कुराले विश्व मिडियामा चर्चा पाएको छ । महत्वपूर्ण कुरा उनले पाउने पारिश्रमिकले धेरैको ध्यान खिचेको छ ।

इण्डिया टुडेका अनुसार उक्त निजी समारोहमा प्रस्तुति दिएबापत रिहानाले आठदेखि नौ मिलियन अमेरिकी डलर (६६ देखि ७४) करोड भारु पाउने छिन् । विवाहपूर्वका समारोह मार्च १ देखि आयोजना हुँदैछ ।


प्रि-वेडिङ समारोहलाई ‘एन इभिनिङ इन इभरल्याण्ड’ नाम दिइएको छ । समारोहमा सहभागी हुन रिहाना आफ्नो सांगीतिक समूहसहित बिहीबार गुजरातको जामनगर पुगेकी छन् । त्यता जाने क्रममा उनी विमानस्थलमा देखिएकी थिइन् ।

स्रोतका रिहानाले उक्त समारोहमा ‘डायमण्ड’सहितका हिट गीत गाउनेछिन् । पारिश्रमिकबाहेक अन्य खर्च स्टेज उपकरण, पहिरन र पार्श्व गायनमा खर्च हुनेछ । रिहानाले पछिल्लोपटक सन् २०२३ को सुपर बउलमा प्रस्तुति दिएकी थिइन्, जसलाई १२१.०७ मिलियन दर्शकले हेरेको जनाइएको छ । यो दर्शक संख्या सुपर बउल इभेन्ट्को कीर्तिमानी संख्या हो ।

यसबाहेक उनी अम्बानीको विवाह समारोहमा प्रस्तुति दिने नयाँ अन्तर्राष्ट्रिय कलाकार पनि हुन् । यसअघि इशा अम्बानीको विवाह समारोहमा प्रस्तुति दिएकी बियोन्सेले ४ मिलियन डलर (३३ करोड भारु) पारिश्रमिक लिएकी थिइन् । रिहानाबाहेक दिलजित दोसांझले पनि प्रस्तुति दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’