३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

मस्कले दायर गरे च्याटजीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यान बिरूद्द मुद्दा

१९ फाल्गुन २०८०, शनिबार ०३:२५

फागुन १९, न्युयोर्क | टविटर र टेस्लाका सीईओ एलोन मस्कले च्याटजीपीटी निर्माता ओपनएआई र यसका सीईओ साम अल्टम्यान विरुद्ध मुद्दा दायर गरेका छन् । 

एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले मानिसको हितका लागि एआई प्रणाली बनाउने आफ्नो लक्ष्यसँग सम्झौता गरेको र माइक्रोसफ्टले आफ्नो लक्ष्य अन्तर्गत अधिकतम आम्दानी गरेको आरोप लगाएका छन्।

ओपनएआई अमेरिकी आर्टिफिशियल इन्टेलिजेन्स कम्पनी हो । एआई प्रविधिको भविष्यलाई ध्यानमा राख्दै यस कम्पनीले च्याटबट सेवा सुरु गरेको थियो,  जसको नाम च्याटजीपीटी हो ।

यो सेवाले छोटो समयमै विश्वभर धेरै लोकप्रियता हासिल गर्‍यो र एआईको मामिलामा साम ओल्टम्यानको कम्पनी ओपनएआईले गुगल, सामसुङ र माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरूलाई पछाडि छोडन पुग्यो तर अब ओपनएआई विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी बनेको छ। र, साथै माइक्रोसफ्टको बन्द स्रोत सहायक कम्पनीमा परिणत भएको छ।

यो नयाँ साझेदारी अन्तर्गत यो कम्पनीले आफ्नो विकास मात्र गर्दैन, माइक्रोसफ्टको लागि अधिकतम नाफा कमाउन एजिआइ प्रयोग गरिरहेको छ जबकि तिनीहरूले यसलाई मानवताको हितको लागि प्रयोग गर्नु पर्थ्यो।

यो कुराबाट आक्रोशित एलोन मस्कले ओपनएआई र साम ओल्टम्यानविरुद्ध मुद्दा दायर गरेका हुन । कोर्टहाउस न्यूजका अनुसार टेस्लाका सीईओले सान फ्रान्सिस्को सुपीरियर कोर्टमा दायर गरेको मुद्दामा ओपनएआईलाई सम्झौताको उल्लंघन, विश्वस्त कर्तव्यको उल्लङ्घन र अनुचित व्यापार अभ्यासको आरोप लगाएका छन्। उनका अनुसार सो कम्पनीले आफ्नो आधारभूत सम्झौताहरू उल्लङ्घन गरेको छ र अब खुला स्रोतको प्लेटफर्ममा फर्कनु पर्छ।

ओपनएआईका अध्यक्ष ग्रेगरी ब्रोकम्यान र यसका सीईओ साम अल्टम्यानलाई मुख्यतया यस मुद्दामा नाम दिइएको छ। यसका साथै मस्कले माइक्रोसफ्ट र ओपनएआईका शीर्ष अधिकारीहरूलाई एआई प्रविधि प्रयोग गरेर नाफा कमाउन प्रतिबन्ध लगाउन पनि अदालतलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’