३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

१९ फाल्गुन २०८०, शनिबार ०६:१३

फागुन १९, क्यार्लिफोनिया | एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्। 

सुरूमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ।

यस सुविधा मार्फत अब मानिसहरूले कल गर्न सक्ने भएका छन ।

वास्तवमा एलोन मस्कले आफ्नो प्लेटफर्म एक्समा मा अडियो र भिडियो कल सेवा प्रदान गर्ने सुविधा समावेश गरेका छन् । एक्समार्फत प्रयोगकर्ताहरूले अब आफ्ना साथी वा नातेदारहरूलाई निः शुल्क अडियो वा भिडियो कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरूलाई एक्समार्फत अडियो वा भिडियो कल गर्न कुनै नम्बरको आवश्यकता पर्दैन।

अब एक्सबाट प्रिमियम प्रयोगकर्ताहरूका साथै साधारण प्रयोगकर्ताहरूले भिडियो र अडियो कलहरू निःशुल्क गर्न सक्नेछन्। यसका लागि अब प्रयोगकर्तालाई न त कुनै फोन नम्बर चाहिने छ, न त प्रिमियम सब्सक्रिप्शन किन्न आवश्यक पर्नेछ। 

एनरिक बारगन, जो एक्सका इन्जिनियर हुन, उनले भनेका छन, ‘अब तपाईं यसलाई प्रयोग गर्न सक्नुहुन्छ। तपाईं अब सबैलाई कल गर्न अनुमति दिने छनौट गर्न सक्नु हुन्छ।’

यद्यपि एक्सबाट अडियो वा भिडियो कल सेवा प्रयोग गर्न हामी तपाईंलाई भनौं कि तपाईंले ती प्रयोगकर्ताहरूबाट मात्र कलहरू प्राप्त गर्न सक्षम हुनेछ ।  जसलाई तपाईंले फलो गर्नुभएको छ वा तपाईंको ठेगाना उनीहरू उपलब्ध छन । दुई खाताहरूले कम्तिमा एक पटक एक्समार्फत अन्तरक्रिया गर्न आवश्यक छ, तब मात्र उनीहरूले कल सेवाको फाइदा लिन सक्नेछन्। 

यद्यपि प्रयोगकर्ताहरूले उनीहरूलाई कल गर्न अनुमति दिन सेटिङहरू छनौट गर्न सक्छन् वा  तिनीहरूले फलो गर्ने मानिसहरू मात्रले पाउँछन ।

तर, धेरैले मस्कले टविटरमा कल सुबिधा राखेर मार्क जुकरबर्गको हवाटस अपलाइ चुनौती दिन खोजेको केही सञ्चारमाध्यले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’