३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ शहर

२० फाल्गुन २०८०, आईतवार ०६:५०

फागुन २०, काठमाडौं | आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ । 

यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर  ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ। इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएइ हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो। यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ।

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टले यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ ।

यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत सेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै सहर खरिद गर्न चासो देखाएका छन् ।

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला सहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’