३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भाजपाले बनायो नयाँदिल्लीवाट सुष्मा स्वाराजकी छोरीलाइ लोकसभाको उम्मेदवार

२० फाल्गुन २०८०, आईतवार ११:१२

फागुन २०, काठमाडौं |  भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ ।

बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह जीप्रति धेरै आभारी छु। मलाई मौका दिनु भएकोमा म भाजपाका हरेक नेतालाई धन्यवाद दिन चाहन्छु।’

उनले अगाडी भनिन,  ‘यसपटक फेरि मोदी सरकारको संकल्पका साथ भाजपाका कार्यकर्ताहरू नयाँ दिल्ली लोकसभा सिटमा जानेछन् र म ढुक्क छु कि फेरि पनि प्रधानमन्त्री मोदीलाई देशको प्रधानमन्त्री बनाइने छ ।’


आमा सुष्मा स्वराजलाई सम्झँदै बाँसुरी स्वराजले भनिन्,  ‘मसँग आमाको आशीर्वाद छ तर त्यो टिकट पाएको छैन । भाजपाका हरेक कार्यकर्ताले यो टिकट पाएका छन्।’

पेशाले वकिल बनेका बाँसुरी स्वराजले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बीए (अनर्स) गरेपछि लन्डनको बीपीपी ल स्कूलमा कानूनको अध्ययन गरेका थिइन । उनले अक्सफोर्ड युनिभर्सिटीको सेन्ट क्याथरिन कलेजबाट मास्टर अफ स्टडीज पनि पूरा गरिन भने बाँसुरी स्वराज २००७ मा बार काउन्सिल अफ दिल्लीमा भर्ना भएकी थिइन ।

हालै उनलाइ २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीवाट उम्मेदवार बनाउने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’