२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भाजपाले बनायो नयाँदिल्लीवाट सुष्मा स्वाराजकी छोरीलाइ लोकसभाको उम्मेदवार

२०८०, २० फाल्गुन आईतवार ११:१२

फागुन २०, काठमाडौं |  भारतीय जनता पार्टीले पूर्व केन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई उम्मेदवार बनाएको छ ।

बाँसुरी स्वराजले उम्मेदवार बनेपछि खुसी व्यक्त गरेकी छन् । उनले भनिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाह जीप्रति धेरै आभारी छु। मलाई मौका दिनु भएकोमा म भाजपाका हरेक नेतालाई धन्यवाद दिन चाहन्छु।’

उनले अगाडी भनिन,  ‘यसपटक फेरि मोदी सरकारको संकल्पका साथ भाजपाका कार्यकर्ताहरू नयाँ दिल्ली लोकसभा सिटमा जानेछन् र म ढुक्क छु कि फेरि पनि प्रधानमन्त्री मोदीलाई देशको प्रधानमन्त्री बनाइने छ ।’


आमा सुष्मा स्वराजलाई सम्झँदै बाँसुरी स्वराजले भनिन्,  ‘मसँग आमाको आशीर्वाद छ तर त्यो टिकट पाएको छैन । भाजपाका हरेक कार्यकर्ताले यो टिकट पाएका छन्।’

पेशाले वकिल बनेका बाँसुरी स्वराजले वारविक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा बीए (अनर्स) गरेपछि लन्डनको बीपीपी ल स्कूलमा कानूनको अध्ययन गरेका थिइन । उनले अक्सफोर्ड युनिभर्सिटीको सेन्ट क्याथरिन कलेजबाट मास्टर अफ स्टडीज पनि पूरा गरिन भने बाँसुरी स्वराज २००७ मा बार काउन्सिल अफ दिल्लीमा भर्ना भएकी थिइन ।

हालै उनलाइ २०२४ मा हुन गइरहेको लोकसभा निर्वाचनका लागि भाजपाले नयाँदिल्लीवाट उम्मेदवार बनाउने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी