३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा शिक्षकले हाने आफनै छात्रालाइ एसिड

२१ फाल्गुन २०८०, सोमबार ०२:५७

फागुन २१, इस्लामबाद | पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् ।  सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कक्षामा केही विषयलाई लिएर शिक्षक र छात्राबीच झगडा भएको थियो । यसबाट शिक्षक निकै रिसाए र बदला लिने नियतले एसिड प्रहार गरे । घटनामा विद्यार्थीका दुई आफन्त पनि जलेका छन् ।

जियो न्यूजका अनुसार घटना शनिबार भएको र आइतबार प्रहरीले यसबारे जानकारी गराएको थियो । कराँचीको पोश क्षेत्र निपा चौरङ्गीमा एउटा विद्यालय छ, अलिशा नामकी ती विद्यार्थी त्यहाँ पढ्छिन् । शनिबार कक्षामा शिक्षक इफ्तिखारसँग उनको झगडा भएको थियो ।

स्कुल सकिएपछि अलिशाका दुई मामा उनलाई लिन स्कुल आए । इफ्तिखार विद्यालयबाहिर एक ठाउँमा एसिड प्रहार गरी उभिएका थिए । उनले पहिले अलिशासँग झगडा गरेपछि उनीमाथि एसिड हाने । अलिशाका मामाले उनलाई रोक्न खोजे तर उनीहरू शिक्षकले हानेको एसिडबाट जल्न पुगे ।

घटना लगत्तै आरोपी इफ्तिखार पक्राउ परेका थिए । अलीशा हाल कराँचीको एक अस्पतालमा भर्ना छिन् । उनका काका नोमान र फैजान डिस्चार्ज भएका छन् ।

अलिशाका मामा नोमानले शिक्षक इफ्तिखार विरुद्ध उजुरी दिएका छन् । यसमा भनिएको छ, ‘मेरी भान्जी अलिशा उनको आईटी प्रमाणपत्र लिन स्कूल गइन्। यहाँ उनले कक्षामा गएर शिक्षक इफ्तिखारसँग यसबारे सोधिन् । केही समयपछि अर्का शिक्षक अरशद यहाँ आइपुगे । उनले अलिशासँग पनि दुर्व्यवहार गरेका थिए ।’

यसपछि अलिशाले घर गएर मामालाई यसबारे जानकारी गराइन् । केही समयपछि उनी मामासँग विद्यालय पुगिन् । दुवैले इफ्तिखारलाई सोधपुछ गर्दा उनी रिसाए । फर्कने क्रममा उनले अलिशा र उनका दुई मामामाथि एसिड प्रहार गरेका थिए । जसका कारण उनी जलेका हुन ।

गत महिना २२ जनवरीमा पनि २२ वर्षीया विद्यालय शिक्षिकामाथि एसिड प्रहार गरिएको थियो । यो घटना लाहोरको हो । उनीसँगै काम गर्ने एक शिक्षकले महिला शिक्षिकालाई विवाहको प्रस्ताव गरेका थिए तर महिला शिक्षिकाले त्यसलाई अस्वीकार गरिन् । यसबाट आक्रोशित भएर उनले उक्त घटना गराएका थिए।

उक्त घटनामा महिला शिक्षिका गम्भीर घाइते भएकी छन् भने उनी अहिले पनि लाहोरको एक निजी अस्पतालमा भर्ना छन् । अभियुक्त पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’