२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फ्रान्सले १० देशका २३ हजार आप्रावासीलाइ देश निकाला गर्ने

२०८०, २१ फाल्गुन सोमबार ०३:४०

फागुन २१, पेरिस | युरोपेली देशहरूले अवैध रूपमा आउने मानिसहरूलाई रोक्न कडा कारबाही गरिरहेका छन्। बेलायतले रुवाण्डा शरणार्थी प्रक्रिया सुरु गरेको छ। फ्रान्स यस मामिलामा थप कडा बनेको छ।

फ्रान्सले  महिना शरणको नाममा अवैध रुपमा त्यहाँ बसोबास गरिरहेका २३ हजारलाई देश निकाला गरिने भएको छ । यसमा सिरिया, इराक, पाकिस्तान र मोरक्को, ट्युनिसिया, लिबिया, इजिप्ट जस्ता केही एसियाली र अफ्रिकी देशहरू सहित १० देशका मानिसहरू समावेश छन्।

यस कार्यलाई फ्रान्समा कट्टरपन्थीको वृद्धि र अगस्टमा हुने ओलम्पिक खेलको तयारीका रूपमा हेरिएको छ। गत वर्ष मात्र फ्रान्सले ३८ हजार मानिसलाई डिपोर्ट गरेको थियो । ती मानिसहरू अबैध रूपमा फ्रान्समा बस्दै आएका थिए र ती मध्ये अधिकांश घुसपैठकर्ता थिए ।

पछिल्लो समय फ्रान्समा कट्टरपन्थीसँग सम्बन्धित घटनाहरू भएका छन्। डिसेम्बरमा पेरिसमा एक जर्मन पर्यटकलाई आक्रमणकारीले छुरा प्रहार गरी हत्या गरेका थिए। आक्रमणकारी अफगानिस्तान र गाजामा मुस्लिमहरूको मृत्युलाई लिएर क्रोधित थिए। १३ अक्टोबरमा अरासको एक विद्यालयमा चक्कु प्रहारबाट एक शिक्षकको मृत्यु भएको थियो । जुनमा एक सिरियाली नागरिकले अल्पाइनमा चार बालबालिकालाई घाइते बनाएको जस्ता घटना तिब्र रूपमा बढीरहेको छ ।

यस वर्ष फ्रान्सले पनि पछिल्लो दशककै सबैभन्दा खराब दंगाको सामना गर्यो। यी घटनाहरू अवैध आप्रवासीहरूसँग पनि जोडिएका थिए। जसका कारण फ्रान्सले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । उसको घुसपैठ प्रतिको मनोवृत्ति यसबाट अनुमान लगाउन सकिन्छ कि यसले १२ घण्टा भित्रै फ्रान्सेली झण्डाको अपमान गर्ने ट्युनिसियाका धार्मिक नेता इमाम महजुब महजोबीलाई देश निकाला गरेको थियो।

घुसपैठलाइ रोक्न इमानुएल म्याक्रोन सरकारले आप्रवासन विधेयक पारित गरेको छ। म्याक्रोनले कानुन पास गरे पनि उदारवादी लोकतन्त्रको संरक्षक भएको मुलुकको छविमा आँच पु¥याएको भन्दै विपक्षीहरुले यसको विरोध गरिरहेका छन् ।

जनवरीमा घोषणा गरिएको कानूनलाई वामपन्थी विपक्षीहरूले जातिवादी भनेर आलोचना गरे तर अति दक्षिणपन्थी रिसेम्बल नेशनल संसदीय समूहका अध्यक्ष मारिन ले पेनले यसलाई ‘वैचारिक विजय’ भनेर स्वागत गरेका थिए । विज्ञहरूका अनुसार युरोपभर आप्रवासी नीतिलाई कडा बनाउन यो कानुन ल्याइएको हो।

राष्ट्रिय सभामा बहुमत नपुगेका कारण म्याक्रोनले अति दक्षिणपन्थी गुटबाट चुनौती सामना गरिरहेका छन् । विधेयक पारित गराउन उनी सरकार बाहिरका दलमा पनि भर परेका छन् । नयाँ कानून अन्तर्गत आप्रवासीलाइ आफ्ना परिवारका सदस्यहरूलाई फ्रान्स ल्याउन अझ गाह्रो हुने भएको छ ।

फ्रान्सले आप्रवासनमा ठूलो परिवर्तन गरिरहेको छ। यस अन्तर्गत मानव अधिकारको युरोपेली अदालतले घुसपैठ गर्नेहरूलाई उनीहरूको मुद्दाको सुनुवाइ अघि नै देश निकाला गर्न सक्छ। फ्रान्सले मानवअधिकार अदालतमा निर्वासनको अपील गर्नु अघि खतरा हुन सक्ने घुसपैठहरूलाई निष्कासन गर्न चाहेको फ्रान्सेली मिडियाले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी