३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब ड्राइभरहरु चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुड्यो…

२१ फाल्गुन २०८०, सोमबार ०९:०७

फागुन २१, जम्मु | भारतमा गत आइतबार एउटा अनौठो घटना भएको छ र ५३ वटा डिब्बा भएको रेल ड्राइभर बिना नै ८० किलोमिटर गुडेको हो।

रेल चालक चिया खानका लागि स्टेशनमा झरेको बेलामा रेल एक्कासी गुडेको हो । ड्राइभर बिनाको रेल ९० किलोमिटर प्रतिघण्टाको गतिमा जम्मुको कठुवाबाट पन्जाबको हासियारपुरसम्मको ओरालोमा गुडिरह्यो ।


पन्जाबमा उकालोमा रोकिने बेलासम्म रेलले ८० किलोमिटर दूरी पार गरिसकेको थियो। रेल आफैं रोकिएका कारण रेलवे कार्यालय र अधिकारीहरुको सावधानीका कारण दुर्घटना पनि हुन पाएन ।

उक्त घटनामा सो रेलका दुईजना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ। निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी छन् । बिहान ७ बजेर २५ मिनेटमा आफै गुड्न थालेको रेल ९ बजेमात्रै रोकिएको थियो । ढुंगा बोकेको उक्त कार्गो रेल डेढ घण्टासम्म आफैं गुडेको भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

उक्त डिजेल इन्जिनयुक्त रेलका ड्राइभरहरु कठुवा स्टेशनमा चिया खान झर्ने बेला इन्जिन बन्द गर्न बिर्सेछन् । जसका कारण ड्राइभरहरु बाहिर झरेर चिया पिउँदै गर्दा रेल आफैं गुड्यो र पठानकोटतर्फको ओरालोमा निरन्तर गुडिरह्यो । त्यस अगाडिका हरेक स्टेशनमा रेल रोक्नका लागि काठका मुढाहरु राखिए पनि सफल हुन सकेन ।

करिब ८० किलोमिटर गुडिसकेपछि पन्जाबको उँजी बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भए ।

त्यसअघि चालक बिना अनियन्त्रित भएर रेल गुडिरहेको सूचना रेलवे कार्यालयले जम्बु जालन्धर खण्डका सबै स्टेशनहरुमा गराएको थियो । त्यसक्रममा उक्त खण्डमा चल्ने सबै रेलसेवा बन्द गरिएको थियो भने सो रेललाई सीधा गुडिरहनका लागि सबै क्रसिंगहरु बन्द गरिएको थियो । साथै रेलमा बिजुली आपूर्ति गर्ने केबलको स्वीच बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’