३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

२२ फाल्गुन २०८०, मंगलवार ०५:३०

फागुन २२, नयाँदिल्ली | पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीनजनालाइ पक्राउ गरिएको छ । 

साथै,  श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ ।

महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी गरिरहेका भारतीय प्रहरीले जनाएको छ।


पश्चिम बङ्गाल राज्यबाट मोटरसाइकलमा छिमेकी नेपालतर्फ जाँदै गरेको अवस्थामा गस्तीमा रहेका प्रहरी अधिकारीहरूले बलात्कृत महिला र उनका पतिलाइ फेला पारेको झारखण्ड राज्यको दुम्का जिल्ला प्रहरी उपरीक्षक पिताम्बर सिंह खेरवारले बताए।

‘उनीहरूलाई अस्पताल लगिएको थियो, जहाँ महिलाले डाक्टरलाई आफू बलात्कृत भएको बताएकी थिइन’ उनले भने।

त्यसपछि प्रहरीले खोजी गरिएका संदिग्धहरूको पहिचान गरेको र विशेष अनुसन्धान टोली गठन गरेर खोजी सुरू गरिएको थियो, खेरवारले भने। पक्राउ परेका तीनै संदिग्धको कानुनी प्रतिनिधित्व छ कि छैन भन्ने स्पष्ट छैन।

महिला पीडितको नाम राखेको छैन, भारतीय कानून बमोजिम यौन हिंसा पीडितको नामकरण गर्न रोक्छ।

गत शनिबार एक ट्राभल भ्लगर दम्पतीले आफ्नो इन्स्टाग्राम खातामा भारतमा भएको सो आक्रमणको क्रममा घाँटीमा चक्कु हानिएको पोष्ट गरेपछि उनीहरू पक्राउ परेका हुन्। महिलालाई बलात्कृत गरी डीएनए परीक्षणका लागि अस्पताल ल्याइएको उनीहरुले बताएका छन ।

दम्पतीले स्पेनिश भाषामा पोष्ट गरेका थिए भने महिलाले आफ्नो इन्स्टाग्राम पृष्ठमा आफू ब्राजिलियन भएको बताएकीन्।

आफ्नो इन्स्टाग्राम स्टोरीमा ती महिलाले आफ्नो अनुहारमा दाग देखाउँदै भनिन्,  ‘मेरो अनुहार यस्तो देखिन्छ, तर सबैभन्दा बढी पीडाको क्षण हो, मलाई लाग्थ्यो म मर्छु ।”

भारतको राष्ट्रिय महिला आयोगले सो घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’