३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

एलन मस्कले गुमाए विश्वकै धनीको उपाधि

२२ फाल्गुन २०८०, मंगलवार ०८:०९

फागुन २२, क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले विश्वकै धनी व्यक्तिको उपाधि गुमाएका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सअनुसार अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका मालिक जेफ बेजोस मस्कलाई उछिनेर विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाको शेयर मूल्य सोमबारको कारोबारमा एकै दिन ७ दशमलव २ प्रतिशतले घटेपछि मस्कको नेटवर्थ घटेको थियो । सूचकका अनुसार मस्कको नेटवर्थ अहिले १ खर्ब ९७ अर्ब ७० करोड डलर छ । सोमबार एकै दिन मस्कले १७ अर्ब ६० करोड डलर बराबरको नेटवर्थ गुमाएका छन् ।


सूचीको पहिलो स्थानमा रहेका बेजोसको नेटवर्थ भने २ खर्ब डलर रहेको छ । अघिल्लो दिनको कारोबारमा बेजोसको नेटवर्थ ५० करोड डलर घटेको थियो । बेजोस सूचिको शीर्ष स्थानमा उक्लिएको यो सन् २०२१ यता पहिलो पटक हो । कुनै समय बेजोसको तुलनामा मस्कसँग १ खर्ब ४२ अर्ब डलर बढी सम्पत्ति थियो । तर एमाजन र टेस्लाको शेयर विपरित दिशामा दौडिन थालेपछि यो अन्तर साँघुरिँदै गयो ।

सन् २०२२ को अन्त्ययता एमाजनको शेयर दोब्बर भएको छ भने सन् २०२१ को उच्च बिन्दुको तुलनामा अहिले टेस्लाको शेयर मूल्य ५० प्रतिशत घटेको छ । शाङ्हाईमा रहेको कारखानाबाट टेस्लाको ढुवानी घटेर एक वर्षयताकै न्यून स्तरमा झरेको प्रारम्भिक तथ्यांकले देखाएपछि सोमबार टेस्लाको शेयर दबाबमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’