३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पाकिस्तानमा हिम पहिरो र हिमपातमा परी ३५ को मृत्यु

२३ फाल्गुन २०८०, बुधबार ०३:४१

फागुन २३, इस्लामबाद | पाकिस्तानका दुर्गम क्षेत्रहरूमा गएको सप्ताहन्तमा जमेको चिसो वर्षा र अप्रत्याशित हिमपातका कारण कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

सो हिमपातमा परी  दर्जनौं बढी घाइते भएको र उनीहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेहरूमध्ये २२ जना बालबालिका रहेको र ती मध्ये धेरैजसो हिम पहिरोमा परेर घरमा पुरिएका विपद् व्यवस्थापन अधिकारीहरूले भनेका छन ।

चरम मौसमले पाकिस्तानको उत्तरी र पश्चिमी क्षेत्रहरूलाई असर गरेको तथा सडक अवरुद्ध र सयौं घरहरूलाई क्षति पुरयाएको पाकिस्तानी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

हिम विज्ञहरू यस्तो हिउँ देखेर छक्क परेका थिए किनभने मार्चमा पाकिस्तान सामान्यतया हिउँ पर्दैन, यसले स्थानीयलाई आश्चर्यमासमेत पारेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन ।

जसअनुसार उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको किर्क जिल्लाका बासिन्दा हाजित शाहले आफ्नो छिमेकमा पहिले एक पटक मात्रै हिउँ परेको बताएका छन् । उनले बीबीसीलाई भने, ‘जहाँसम्म मलाई याद छ, २५–३० वर्षअघि केही मिनेटको लागि यहाँ हल्का हिमपात भएको थियो।’

भारी हिमपात र वर्षाले कम्तिमा १५० घरहरू पूर्ण रूपमा ध्वस्त भएको छ भने ५०० अन्य घरलाई आंशिक रूपमा क्षति भएको छ, मुख्यतयाः खैबर पख्तुनख्वा र दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा । केही जिल्लामा केही दिनदेखि विद्युत् अवरुद्ध हुन पुगेकाे छ ।

खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले प्रभावित क्षेत्रहरूमा राहत सामग्री उपलब्ध गराएको छ र घाइते र मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’