२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा ब्राजिलियन महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

२०८०, २३ फाल्गुन बुधबार ११:४०

फागुन २३, काठमाडौँ | भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको  छ ।

यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ  । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । पीडित महिला पतिको साथमा मोटरसाइकलमा वर्ल्ड टुरमा निस्किएकी थिइन् । यस घटनामा फरार भएका अभियुक्तलाई पक्राउ गर्न प्रहरीले लगातार छापा मारिरहेको थियो ।


यस घटनामा प्रहरीले अहिलेसम्म आठ जना अभियुक्तलाई पक्राउ गरेको बताइएको छ । सामूहिक बलात्कारको घटनापछि चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर ती महिला मोटरसाइकलमै नेपाल आएको बताइएको छ । पीडित र उनको श्रीमान् ट्राभल भ्लगर हुन् । 

पीडित महिलाका पतिले इन्ष्टाग्राममा स्पेनी भाषामा पोस्ट गरिएको एक भिडियोमा बताएअनुसार उनीहरुले गर्धनमा चक्कु तेर्स्याएर बलात्कार गरेका थिए । तर पछि सो भिडियो डिलिट गरिएको थियो । शुक्रवार राति जङ्गलमा क्याम्पिङ गरेर बसेको बेलामा सो घटना भएको थियो । बलात्कारको घटना भएको केही बेरपछि गस्तीमा आएको प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए । यो घटनाको पुष्टि प्रहरी र डाक्टर दुवैले गरेका थिए ।   

बलात्कारका घटना न्यूनीकरण गर्न भारत सरकार असफल भइरहेको छ । सन् २०२२ मात्रै त्यहाँ साढे ३१ हजारभन्दा धेरै बलात्कारका घटना भएका थिए । यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले धेरै हो । भारतमा पयर्टकहरु समेत बलात्कारमा पर्न थालेपछि अन्तर्राष्ट्रिय चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी