३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सहमतिका लागि दबाबपछि बलात्कार पीडितका पिताले समेत गरे आत्महत्या

२४ फाल्गुन २०८०, बिहीबार ११:५५

फागुन २४, यूपी | केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए ।

अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको आरोप छ । अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।

भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे । उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो । घटनापछि दुवैले आत्महत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ ।

घटनापछि इँटा भट्टाको सञ्चालकले परिवारलाई सहमति पत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए । दबाबबिच पिताले पनि आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

इँटा भट्टाका ठेकेदार रामस्वरुप, रज्जू र सञ्जूले दुई नाबालिगहरूलाई रक्सी खुवाएर बलात्कार गरेका थिए । घटनाको भिडियो बनाएर उनीहरूले ब्ल्याकमेलिङसमेत सुरु गरेका थिए । यसबाट आहत भएर दुई जनाले २९ फेब्रुअरीमा आत्महत्या गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’