३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फेरि विवाह गर्दैछन् ९३ वर्षीय मिडिया टाइकुन रूपर्ट मर्डक

२५ फाल्गुन २०८०, शुक्रबार १०:२२

फागुन २५, काठमाडौँ | ‘मिडिया टाइकुन’ रूपर्ट मर्डकले ६७ वर्षीया वैज्ञानिक एलिना जुकोभासँग इन्गेजमेन्ट गरेका छन्।

अवकाश प्राप्त रूसी वैज्ञानिक जुकोभासँग इन्गेजमेन्ट गरेसँगै मर्डक पुन: एक पटक चर्चामा आएका छन्। उनीहरूले विवाह गर्ने पक्का भइसकेको मर्डकको कार्यालयले घोषणा गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गरेका यी मिडिया टाइकुन आउँदो सोमबार ९३ वर्ष पुग्‍दैछन्।


न्युयोर्क टाइम्सका अनुसार जुकोभा सँगको विवाह समारोह क्यालिफोर्नियास्थित मोरगा सहरमा जुन महिनामा हुने तय भइसकेको छ। विवाहका लागि पाहुनाहरूलाई निमन्त्रणा समेत पठाइसकेको छ। 

गत अप्रिलमा मर्डक जुकोभासँग प्रेम सम्बन्धमा रहेको समाचारहरू बाहिरिएका थिए।

त्यसअघि उनले ६७ वर्षीया रेडियो होस्ट एना लेस्ले स्मिथसँगको सम्बन्ध तोडेका थिए। विवाह गर्ने पक्का भइसकेपछि पनि मर्डकले स्मिथसँग इन्गेजमेन्ट गरेको दुई हप्तापछि नै सम्बन्ध टुटाएका थिए। त्यसअघि उनले चार जनासँग विवाह गरी सम्बन्धबिच्छेद गरिसकेका छन्।

उनले अष्ट्रेलियन फ्लाइट एटेन्डेन्ट पाट्रिसिया बुकर, स्कटिस पत्रकार एना म्यान, वेन्डी डेङ र अमेरिकी मोडल तथा कलाकार जेरी हलसँग विवाह गरेका थिए।

यता जुकोभाले पनि पहिले रूसी अर्बपति एलेक्सजेन्डर जुकोभसँग विवाह गरेकी थिइन्।

गत वर्ष मर्डकले फक्स एन्ड न्युज कोर्पोरेसनको अध्यक्ष पद छाडेका थिए।

रूपर्ट मर्डकले सन् १९५० मा अष्ट्रेलियाबाट आफ्नो करियरको सुरूवात गरेका थिए। त्यतिबेला उनले न्युज अफ द वर्ल्ड, सन् १९६९मा बेलायतको द सन समाचार पत्रिका किनेका थिए। पछि उनले अमेरिकी पत्रिका न्युयोर्क पोष्ट र वालस्‍ट्रिट जर्नल पनि किनेका थिए। 

सन् १९९६मा उनले फक्स न्युज खोलेका थिए। सन् २०१३ मा खोलेको न्युज कोर्पोरेशनमार्फत उनले विभिन्न देशका स्थानीय तथा अन्तर्राष्ट्रिय मिडिया आउटलेटहरू किनेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’