३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

२६ फाल्गुन २०८०, शनिबार ०८:२१

फागुन २६, सियोल | इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिँदा ६ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् ।

दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुङ्गा शनिवार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको थियो ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ तर सबै अचेत अवस्थामा छन् ।

“हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,” सरकारी अधिकारी ली हो–जुनले भने ।  दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीहरूलाई ‘नौसेना र माछा मार्ने डुङ्गाहरू सहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिएका छन् ।

योनहापका अनुसार डुङ्गा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’