३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘परमाणु युद्धका लागि रुस तयार’

३० फाल्गुन २०८०, बुधबार ०८:५४

फागुन ३०, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् । रुस प्राविधिक रुपमा परमाणु युद्धका लागि तयार रहेको र अमेरिकाले युक्रेनमा आफ्नो सेना पठायो भने युद्ध थप भड्किने उनले भनेका छन् ।


रुसमा राष्ट्रपति निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा पुटिनको यो अभिव्यक्ति आएको हो । यस निर्वाचनपछि उनी अर्को ६ वर्षका लागि सत्तामा रहने निश्चित प्रायः छ । परमाणु युद्ध हुन सक्ने परिदृश्य अहिले नदेखिएको र युक्रेनमा परमाणु अस्त्र नै चलाउन जरुरी आफूले नदेखेको पनि उनले बताएका छन् ।

तर सैन्य र प्राविधिक हिसाबले आफूहरू तयार रहेको पुटिनको भनाई छ । परमाणु युद्धका लागि रुस तयार छ कि छैन भनेर सोधिएको प्रश्नको उत्तर दिने क्रममा रोसिया–१ टिभी र समाचार एजेन्सी रियासँगको कुराकानीमा पुटिनले यस्तो जवाफ दिएका हुन् । अमेरिकाले युक्रेनमा आफ्नो सेना पठाएमा यसलाई रुसले हस्तक्षेप ठान्ने कुरा अमेरिकाले बुझेको पनि उनले बताएका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणका कारण अमेरिका र पश्चिमी देशहरूसँगको रुसको सम्बन्धमा सन् १९६२ यताको ठुलो संकट आएको छ । पश्चिमी देशहरुले परमाणु युद्धका लागि आफूलाई भड्काएको भन्दै कयौँ पटक पुटिनले चेतावनी पनि दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’