३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा पोर्न स्टार सोफिया मृत अवस्थामा फेला, हत्या भएको आशंकामा अनुसन्धान जारी

१ चैत्र २०८०, बिहीबार ०५:४९

फागुन ३० काठमाडौँ | पोर्न स्टार सोफिया लियोनको केही दिन अघि भएको मृत्यु हत्याका कारण भएको हुन सक्ने भन्दै खोजी सुरू भएको छ। 

न्यू मेक्सिकोका अधिकारीहरूले  वयस्क फिल्म स्टार सोफिया लियोनको असामयिक मृत्युको अनुसन्धान गरिरहेको जनाएका छन, जहाँ उनीहरूले शङ्कास्पद रहेको जनाएका छन । 

२८ वर्षीया लियोनलाई मार्च १ मा परिवारका सदस्यहरूले उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला पारेका थिए। तर, उनको मृत्युको वरपरका परिस्थितिहरू अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । 


वयस्क प्रतिभा एजेन्सी १०१ मोडलिङले ट्विटरमा भनेको छ कि उनको मृत्युलाई सम्भावित डकैती र हत्याको तहवाट अनुसन्धान गरिनु पर्नेछ । 

पिपुल डटकममा प्रकाशित समाचार अनुसन्धान अधिकारीहरू सावधानीपूर्वक अनुसन्धानमा लागेका छन् तर पहिलो चरणमा यसलाई हत्याको रूपमा भने ब्याख्या भने गरिसकेका छैनन । 

तर, प्रारम्भिक पोस्टमार्टम रिपोर्टका अनुसार त्यस्तो कुनै लक्षणहरू वा मृत्युको कारण निर्धारण गर्न नसके पनि अधिकारीहरूलाई थप अनुसन्धान बाँकी रहेको र संदिग्ध मृत्युको रूपमा हेरिएको भने जनाएको छ । 

जसका कारण मृत्युको खास कुरा पत्ता लगाउनका लागि मेडिकल परीक्षकबाट विष विज्ञानको रिपोर्टको प्रतिक्षा गरिरहेको प्रहरीले जनाएको छ । 

बयस्क मनोरन्जन उद्योगमा आफ्नो कामका लागि परिचित सोफिया लियोनीको गत मार्च १ मा उनको अपार्टमेन्टमा दुःखद निधन भएको उनको परिवारले जनाएका थिए । उनको सौतेनी बुबाले उनको स्मारक कोषको लागि स्थापना गरेको गो फन्डमा स्मृति कोष बनाउने जब घोषणा गरे तव दुनियाँ छक्क परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’